Monday, November 23

समाचार

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
मनोरन्जन, समाचार

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो । विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म.वि.विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी …’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो ।   गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभ...
बर्तमान सरकार सामु देखिएका समस्या
राजनीति, विचार, समाचार

बर्तमान सरकार सामु देखिएका समस्या

-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैले बुझेका छन । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? गरीव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरु देश र जनता प्रति गम्भिर हुनु पर्ने हो की हैन ? दलहरुको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र तिनका न...
‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

काठमाण्डौँ, असार १९  ग्यालेक्सी दैनिक 'माया लाउदै जाउ' बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ । भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको...
पाहुना छ आयोजक छैन, विवादमा भलिबल संघ बागमती प्रदेशको अधिवेशन
खेलकुद, समाचार

पाहुना छ आयोजक छैन, विवादमा भलिबल संघ बागमती प्रदेशको अधिवेशन

काठमाडौं, असार १९ ग्यालेक्सी दैनिक गत असार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई रहेको भलिबल संघ बागमती प्रदेशको अधिबेशन तथा साधारणसभा बैधानिक छैन भन्दाभन्दै जवरजस्ती समुद्घाटन गरि बन्दसत्र शुरु भएको घोषणा गरेको थियोे । बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रुपमा आफ्नो अनुकुल र फाइदाका व्यक्ति मात्र राखेर बागमती प्रदेश भलिबल संघ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रुपमा जानू भएका भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल संघका उपाध्यक्ष दिपक थापाले आयोजक कमिटीको निर्णय उपर बिरोध गरेपछि सर्वसहमतिमा नयाँ कमिटी गठन गर्ने भनी दिन भरि छलफलको बहाना मात्र गरेर मध्य राति सम्पुर्ण प्रतिनिधिहरुलाई अलपत्र पारी बिहान १० बजे सम...
विदेशी भूमिमा छोराछोरी
मनोरन्जन, समाचार

विदेशी भूमिमा छोराछोरी

काठमाडौं, असार १९  ग्यालेक्सी दैनिक चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिमाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या बारेमा यो गीतमा लेखेका हुन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका छन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा ...
जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाए नि तिमिलाई मैले’
मनोरन्जन, समाचार

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाए नि तिमिलाई मैले’

काठमाडौं, असार १९  ग्यालेक्सी दैनिक जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि.च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाए नि तिमिलाई मैले’ बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । यस अघि पनि अन्जु पन्तको स्वर र देवतु चौधरी संगीतवध्द म्युजिक भिडियो यहि टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहांङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडियो र अन्जु पन्तकै स्वर रहेको दोश्रो म्युजिक भिडियो ‘काँडा बिच फुल्ने माया’ र तेश्रो म्युजिक भिडियो निर्माणसंगै सार्वजनिक समेत गरिसकेको छ । म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उद्देश्यले राम्रा राम्रा गीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भयो । पुष्पा लिम्बुको शब्द, मेलिना राईको स्वर, मनिता ...
गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना‘(भिडियो)
मनोरन्जन, समाचार

गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना‘(भिडियो)

गायिका इन्दिरा भट्टराई र कृष्ण काफ्ले को स्वरमा रहेको गीत ‘सिंह दरवार झ्याललैमा ऐना…’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।  ...
सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किर्दै
विचार, समाचार

सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किर्दै

-डा.डिआर उपाध्याय, काठमाडौं । यति बेला सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किदै गएको देखिन्छ । सुरुमा नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको बिषयले चर्को रुप लिएको थियो । अहिले केहि सेलाएको जस्तो छ । त्यस्तै जसपामा पनि चर्को बिवाद छ । डा. बावुरामले पार्टी नै छाडेर अर्को पार्टी खोल्ने चर्चा पनि संचार माध्यममा देखिन्छ । काँग्रेस भित्र पनि बिवाद नै छ । दलहरु भित्र सत्ता स्वार्थका लागी बिवाद भइरहेको छ । देश र जनताको हक हित र अधिकारका लागी कुनै बहस, छलफल हुदैन । सत्तामा जाने अनि कसरी हुन्छ लुटने त्यो ध्यान बाहेक दलहरुका अरु केही छैन । पार्टीहरु फुटने भनेको नै सत्ता र पदका लागी हो । आज देशमा राजनीतिक दलका नेताहरुले रमिता मात्र देखाइरहेका छन । लोकतन्त्रमा नेताहरु धनी बन्दै जाने यो जुन गलत संस्कार र प्रबृति बढदै गएको छ यसले अबश्य एक दिन दुर्घटना निम्त्याउने निश्चित छ । नेताहरु पद र पैसामा भुले...
‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने

काठमाण्डौं । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको फेशन डिजाईनर लक्षित ‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको हो । आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न प्रतियोगितामा सहभागिताको लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका ÷ लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाईनिङ÷बुटिक सम्बद्ध ईच्छुक प्रतिस्पर्धीले आफ्नो आवेदन फाराम भर्न सक्ने आयोजकले जनाएको छ । आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् । ...
भण्डारी बढुवामा नपर्नु संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा
राजनीति, समाचार

भण्डारी बढुवामा नपर्नु संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा

आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआई रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् । सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)कारमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ । भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्र...