तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन सम्पन्न
काठमाडौं, असार १५
ग्यालेक्सी दैनिक
तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयन कुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जन्ता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथि रहेको थियो । देश निर्माणमा तामाङ चलचित्रको ठूलो योगदान हुन सक्ने र पर्यटन बिकासमा तामाङ चलचित्रले ठूलो टेवा पुराउन सक्ने समेतका मन्तव्यमा प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव ज्यु ले बताउनु भएको थियो ।
जेनिश दोङको निर्वाचन मन्डल सं...










