Friday, November 20

समाज

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
समाचार, समाज

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो । समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । ‘ दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पुर्‍याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु ...
कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी
समाचार, समाज

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई प...
समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा ‘श्याडो सपोर्ट फाउन्डेसन’को औपचारिक उद्घाटन
समाचार, समाज

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा ‘श्याडो सपोर्ट फाउन्डेसन’को औपचारिक उद्घाटन

अमेरिका ।  समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।  फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् । कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् । निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थ...
एचआइभी शिक्षासदनमा समाजसेवी मेघ सुवेदीको जन्मोत्सव
समाचार, समाज

एचआइभी शिक्षासदनमा समाजसेवी मेघ सुवेदीको जन्मोत्सव

काठमाडौं ।  सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा वरिष्ठ समाजसेवी अमेरिका निवासी मेघ सुवेदीको जन्मदिन एक कार्यक्रम वीच भव्य रुपमा मनाइएको छ । नेपालमा सामाजिक सेवा कार्यका लागि परिचित सुवेदी संस्थापक रहेको सिजल एण्ड सिस्टर फाउण्डेसनको आयोजनामा संस्थाका नेपाल अध्यक्ष एवं नायक मोडल संजित भण्डारीको विशेष पहलमा समाजसेवी सुवेदीको जन्मदिन किर्तिपुरमा रहेको सफलता एच आइ भी शिक्षासदनमा मनाइएको हो । सुवेदीकै जन्मदिनको अवसर पारेर एचआईभी संक्रमित २७ जना वालवालिकाहरु सहित उक्त शिक्षा सदनलाई करिव १ लाख वरावरको चामल,दाल,चिनी,चिउरा लगायत खाद्यान्न सामाग्रीहरु राहत स्वरुप प्रदान गरिएको थियो । सहयोग वितरण कार्यक्रममा अध्ययनरत वालवालिकाहरुले केक काटेर सुवेदीलाई जन्मदिनको शुभकामना दिएका थिए । सो कार्यक्रमलाई औपचारिक रुपमा निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेका थिए भने वरिष्...
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
समाचार, समाज

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

चीन विन्जाओ- राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो । उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम...
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी
समाचार, समाज

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारम...
‘सिजल एण्ड सिस्टर’द्वारा सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत वितरण
समाचार, समाज

‘सिजल एण्ड सिस्टर’द्वारा सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत वितरण

काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गाउँपालिकाका वडा ९...
सिजल एण्ड सिस्टरद्वारा रोशी पालिकाका २५० घर परिवारलाई राहत वितरण
समाचार, समाज

सिजल एण्ड सिस्टरद्वारा रोशी पालिकाका २५० घर परिवारलाई राहत वितरण

काभ्रे ।  लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले काभ्रेको रोशि गाउँ पालिकाको बाढी, डुबान तथा पहिरोबाट प्रभावित २५० सय भन्दा बढि परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अमेरिकाको अध्यक्ष तथा समाजसेवी मेघ सेबेदीले पठाएको रकमद्वारा पिडितहरुलाइ ब्लान्केट तथा मानवीय क्षेतिको परिवारलाई १० हजार तथा पुर्ण रुपमा घरवार क्षती भएका परिवारलाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो । फाउण्डेसनका नेपाल च्याप्टरको अध्यक्ष तथा नायक सन्जित भन्डारीले कलाकारीता सङगै समाजसेवा गर्न पाउँदा आफु निकै खुशी भएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने भण्डारीले बताए । कार्यक्रम प्रस्तोता तथा पत्रकार समीर ...
पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित
समाचार, समाज

पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित

काठमाडौँ । यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् । वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका ...
मानव सेवा फाउण्डेसनले गर्यो नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान
समाचार, समाज

मानव सेवा फाउण्डेसनले गर्यो नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान

काठमाडौँ । धार्मिक तथा सामाजिक सस्था मानव सेवा फाउण्डेसनले आज एक कार्यक्रमको आयोजना गरि नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई स्वागत,सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापान लगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् । सन् २०२२ मा स्थापना भएको उक्त सस्थाले अहिले नियमित रुपमा देशमा सरसफाइका कार्यक्रम,ब्लड डोनेसनका कार्यक्रम मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै टर्किमा गएको भुकम्पको बेलामा पनि पदाधिकारीले सेवा गरिसकेका छन । त्यस्तै धार्मिक चेतना जागृर्त तथा सनातन हिन्दु धर्मको उजागरणको लागि आगामी सन् २०२५ मा जापानमा कोटिह...