अधिकांशमा भिटामिन ‘डी’ कमी
निषेधाज्ञाका कारण अधिकांश नेपाली घरभित्रै सीमित छौं। कोरोना भाइरसबाट संक्रमितहरू पनि धेरै घरमै आइसोलेसनमा बसेका छन्। घामसँग साक्षात्कार हुन पाइरहेको छैन। यसले शरीरमा कतै भिटामिन ‘डी’को कमी त भइरहेको छैन ? चिकित्सकीय भाषामा ‘भिटामिन डी डिफिसेन्सी’ भनिने यो समस्याले प्रायःलाई प्रभावित पारिरहेको डाक्टरहरू बताउँछन्।
वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्रा.डा. गणेश गुरुङका अनुसार बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई भिटामिन ‘डी’को कमी हुन सक्छ। ‘बालबालिकामा हड्डीको विकास नहुने वा बांगिने समस्या देखापर्छ’, प्रा. डा. गुरुङ भन्छन्, ‘प्रौढहरूमा मांसपेशी एवं जोर्नीमा दुखाइ र नसा तथा मांसपेशीमा समस्या हुने फ्रयाक्चरको समस्या देखिन सक्छ। थकान महसुस हुन्छ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार यो नेपालको मात्र नभई विश्वकै साझा समस्या हो।
स्पा...








