Friday, November 20

अर्थ/व्यापार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २ ले वृद्धि गरेर ७३५ डलर प्रति किलो लिटर बनाइएको छ।...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।   मंगलबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। तोलाको ६ सय रुपैयाँ बढेको सुनको मूल्य ९१ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुन ९० हजार ४ सयमा कारोबार भएको थियो। मंंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेरे १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले बढेको छ । साताको कोरोबारको दोस्रो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
फेरि घट्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य

आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको हो ।   शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला
अर्थ/व्यापार, समाचार

महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला

काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे । डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि समग...
ढुङ्गा, गिट्टी र बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
अर्थ/व्यापार, समाचार

ढुङ्गा, गिट्टी र बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले खानीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमा वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले शुक्रबार बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा व्यापार घाटा कम गर्न ढुङ्गा, गिट्टी, बालुवा लगायतका खानीजन्य पदार्थ निकासी गर्ने निर्णय थियो । उक्त निर्णयले चुरे संरक्षण क्षेत्रमा गम्भीर असर पर्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासहितले उक्त व्यवस्था कार्यान्वयन नगराउन अदालतसमक्ष माग गरेका थिए । सरकारले ढुंग...
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी
अर्थ/व्यापार, समाचार

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने...
सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाउने बताइएसँगै बैंकहरुको सबै शाखामा कारोबार खुला गरिने भएको छ । यही असार ७ गते सोमबारबाट बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने बैंकर्स संघले जनाएको छ ।सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा यही असार ७ गतेसम्म रहेको छ । त्यसपछि निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारीसँगै संघले पनि बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ...
सुनको मूल्य घट्यो
अर्थ/व्यापार, समाचार

सुनको मूल्य घट्यो

साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो। यो सँगै सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। विहिबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ...