Saturday, November 21

मनोरन्जन

सुजताले टोलै थर्काउने
मनोरन्जन, समाचार

सुजताले टोलै थर्काउने

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज नजिकै गर्दा तीज बिशेषको गीतको भिडियोहरु सार्वजनिक हुने क्रम जारी छ । यसै मेसोमा चर्चित गायिका सुजाता केसीले ‘गायर नाचेर टोलै थर्काउने’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती, लोशिन लामिछाने, आभा थापा, बिनु शाक्य, रष्मि भट्ट लगायतका कलाकारले अभिनय गरेको छन् । भिडियोमा रामकुमार केसीको छायांकन, बिकास ज्ञवालीको सम्पादन, रन्तोष राजवहाकको निर्देशन रहेको छ । तीज पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्दपि यसको महत्वमा कुनै कमि देखिँदैन । https://youtu.be/ebeco6e1iw4...
गायक नितिन गजुरेलको जिन्दगीमा
मनोरन्जन, समाचार

गायक नितिन गजुरेलको जिन्दगीमा

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक पछील्लो समय गीत संगीत क्षेत्रमा व्यस्त र निरन्तर काम गर्दै आईरहेका गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत 'जिन्दगीमा'को भिडियो सार्वजनिक गरेका छन । गीतमा गायक नितिन गजुरेलसंगै अहिलेकी चर्चित व्यस्त गायिका अस्मिता अधिकारीको सुमधुर स्वर, मुनाल शिशिर कोइरालाको शब्द, राजेश थापाको संगीत र विश्व अधिकारि एरेन्ज रहेको छ । एउटा प्रेमिल जोडीको जिन्दगीमा आउने विभिन्न उतारचढाव कथा समेटिएको भिडियोमा विजु पार्की, सुनिशा बजगाँई बालकलाकार इशब घिमिरे लगायतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन भने सम्पादन कलरिङ्ग र पोस्टर डिजाइनिङ बिष्णु खडकाले गरेका छन । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/_Hxd8yNZUNI...
गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)
मनोरन्जन, समाचार

गीतकार तथा मोडल प्रिन्स लियोको‘लेख्छ कसले मर्ने मिति’(भिडियो)

काठमाडौँ । लोकप्रिय गायक शिव परियारको लेख्छ कसले मर्ने मिति बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् । प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थ...
गीतकार रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’(भिडियो)
मनोरन्जन, समाचार

गीतकार रोशन भट्टराईको ‘फुल झैं कोमल तिमी’(भिडियो)

सुमन कुमार श्रेष्ठ र रोशन भट्टराईको निर्देशनमा ‘फुल झै कोमल तिमी’ सार्वजनिक वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा सजिएको गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार रोशन भट्टराईको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ र गीतकार भट्टराईले संयुक्त रुपमा निर्देशन तथा परिकल्पनामा तयार पारिएको छ ।   नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्...
‘गाएर नाचेर टोलै थर्काउने’ भन्दै आईन सुजाता केसी सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘गाएर नाचेर टोलै थर्काउने’ भन्दै आईन सुजाता केसी सार्वजनिक(भिडियो)

हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र  गायिका सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थाप...
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो । अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्र...
अभिनेत्री आशालाई ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’
मनोरन्जन, समाचार

अभिनेत्री आशालाई ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’

काठमाण्डौँ, साउन ३ ग्यालेक्सी दैनिक अभिनेत्री आशा भुषाल नेपाली सामाजिक तथा कलात्मक चलचित्रमा अभिनय गर्न पाउने सौभाग्यशाली अभिनेत्री हुन् । चलचित्र सुनपानी, लभ इज लाइफ, समर्पण, दुश्मनी, दोबाटो झिंगे दाउ र भोजपुरी फिल्म अबिरो बाप नाचली लगायत एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । चलचित्रका अलवा समाजसेवा र मानविय सेवामा समेत सक्रिय रुपमा प्रस्तुत हुने उनको स्वभावले नेपालमा उनको लोकप्रियता बढ्दो छ । महाभुकम्पको समयमा होस या कोभिड १९ को तेश्रो भेरियन्टसम्म उनको सक्रियताले संकटमा परेका मानिसहरुलाई ठुलो राहत मिलेको थियो । आफ्नो क्षमताले भ्याएसम्म सामाजिक सेवामा समर्पित अभिनेत्री आशा भुषालको सदासयता एवं सक्रियताले नेपाली चलचित्र क्षेत्र र जनसमुदायमा ठुलो प्रभाव परेको छ । जीवनलाई सार्थक बनाउन तल्लिन कुशल अभिनेत्री आशा भुषाल नेपाली चलचित्र क्षेत्रको सर्वाधिक रुचाईने अभिनेत्री समे...
फुलारा लगायत विभिन्न व्यक्तित्व ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’बाट सम्मानित
मनोरन्जन, समाचार

फुलारा लगायत विभिन्न व्यक्तित्व ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’बाट सम्मानित

काठमाण्डौँ, साउन २ ग्यालेक्सी दैनिक युवा साहित्यकार भिष्मराज फुलारा लगायत कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९'बाट सम्मान गरिएको छ । सामाजिक रुपान्तरणका लागि नागरिक समाजले १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्‍याए बापत सो 'विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९' प्रदान गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्‍याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धता सहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा ...
आरबी खत्री ‘सरद’को ‘ॐ नम शिवाय’ भजन सार्वजनिक
मनोरन्जन, समाचार

आरबी खत्री ‘सरद’को ‘ॐ नम शिवाय’ भजन सार्वजनिक

काठमाण्डौँ, साउन २ ग्यालेक्सी दैनिक आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ । उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु, सरिता भण्डारी, शंकर पोखरेल, सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम, नबोलेनी हाँसि राखन, सिसा, नाईट क्विन, पसिना लगायत फिल्ममा गायक खत्रीले आफ्नो काम दे...
सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

काठमाण्डौँ, असार ३२ ग्यालेक्सी दैनिक सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् । कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्र...