नयाँ नेपाली चलचित्र ‘मीरा’को शुभमुर्हत
काठमाण्डौं, माघ ११
ग्यालेक्सी दैनिक
निर्देशक रोशन कुमारको निर्देशनमा कोरोना महामारीकाबीच नयाँ नेपाली चलचित्र ‘मीरा’ निर्माण हुने भएको छ ।
गुहेश्वरी मन्दिर परिसरमा सरकारले निर्धारण गरेको नियमअनुरूप २५ जनाभन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभ मुर्हूत गरिएको छ । नेपाली कथानक चलचित्र ‘मीरा’ को शुभ मुर्हूत द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रा.लि. तथा मझारे ईन्टरटेन्मेन्टको संयुक्त रूपमा निर्माण गर्ने उक्त फिल्म शुभ मुर्हूत समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले अभिनय गरेर शुभारम्भ थिए । चलचित्रकर्मी एवं नायक कृष्ण मल्लको निर्देशनमा सो समारोहमा चलचित्रका मुख्य कलाकारहरूबाट फिल्मकै संवाद बोलेका थिए ।
शुभ मुर्हूत समारोहको प्रारम्भमा वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा स्क्रिप्ट पूजा गरिएको थियो । शुभ मुर्हूतको समयमा द्वन्द(निर्देशक संघका अध...










