Saturday, November 21

मनोरन्जन

‘अब जे होला होला’ प्रसारण हुने तयारीमा
मनोरन्जन, समाचार

‘अब जे होला होला’ प्रसारण हुने तयारीमा

काठमाण्डौ, माघ ४  ग्यालेक्सी दैनिक वरिष्ठ हास्य अभिनेता उत्तम के.सि. नेपालको कथा लेखन तथा निर्देशन रहेको नयाँ हास्य श्रृंखला ‘अब जे होला होला’ प्रसारण हुने भएको छ । प्रत्येक बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७:३० बजेदेखि प्रसारण हुने श्रृंखलाको प्रोमो सोमबार सार्वजनिक भएको हो । सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग शैलीमा जीवन्त रुपले उतारिएको उक्त श्रृंखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । दुर्गा के।सि।को निर्माणमा तयार पारिएको श्रृंखलामा ज्ञान कुमार कट्टेलको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन तथा ओम सुनारको व्याकराउण्ड संगीत सुन्न सकिन्छ । http...
लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करण भव्य रुपमा सम्पन्न

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण पश्चात राष्ट्रिय नाचघरमा प्रतिस्पर्धी बालवालिकाहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नृत्य,गायन तथा अभिनयमा ईच्छुक बालवालिकाहरुको थप क्षमता अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा हजारौ माझ प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्राईड अफ नेपालका प्रतिस्पर्धीहरुले आकर्षक प्रस्तुती दिएर अभिभावक तथा निणार्यक मण्डलको मन जितेका थिए । यस अघिका प्रतियोगिताबाट समेत द भ्वाईस लगायत राष्ट्रिय स्तरका विभिन्न रियालिटी शोहरुमा आकर्षक प्रस्तुती दिदै चर्चा कमाउन सफल भएका थ...
७ गीत र भिडियो एकैसाथ ल्याउने तयारीमा वरिष्ठ लोकगायक खनाल
मनोरन्जन, समाचार

७ गीत र भिडियो एकैसाथ ल्याउने तयारीमा वरिष्ठ लोकगायक खनाल

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही दिन अघि अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत, संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् । खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए । तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भि...
गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक(भिडियो)

प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक भएको छ । नेपाली सुगम र संगीत नेपाली चलचित्रका गीतमा ख्याती कमाएका गीतकार अधिकारीले बेला बेला जनबोलीका रमाइला प्रसङ्ग समेटी तयार गरेका गीत सार्बजनिक गर्दै आएका छन । त्यसैको पछिल्लो निरंतरता हो बालै भएन । केके अप्टेक युटुब बाट सार्बजनिक भएको उक्त गीतको भिडियोमा चर्चित मोडल दुर्गेश थापा सङ्ग अघिकारीले पहिलो पल्ट सहकार्य गरेका हुन । गीतको अडियो तर्फ संगीतकार दिपकराज बिश्वकर्मा र गायक कर्मा ग्याल्छेन बम्जन सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो । गीतमा समिक्षा अधिकारीको महिला स्वर समाबेश छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ भने अजय रेग्मीको टिमले भिडियो खिचेको हो । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो मा चादनी स्लिया ले ठुम्का हानेकी छन । एउटा फोटो खिच बाट चर्चामा रहेकी मोडल चादनी ...
मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

मोडल अनुप अधिकारी अभिनित पानी खोलीको को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा रहेर ६ वर्ष भन्दा लामो समयदेखि मोडलिङ्गमा सक्रिय मोडल अनुपले गायक तथा संगीतकार योगेशकाजी शाहको स्वर तथा संगीतमा रहेको उक्त गीतको भिडियोमा एक नेगेटिभ क्यारेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन । उनको साथमा गायक योगेशकाजी तथा मोडल सोना घिमिरेको अभिनय रहेको छ । राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ । एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई देख्न सकिन्छ । अजय रेग्मिको छायांकन रहेको भिड...
अञ्जु पन्तको सुमधुर स्वरमा ‘दिल दिल’
मनोरन्जन, समाचार

अञ्जु पन्तको सुमधुर स्वरमा ‘दिल दिल’

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरले सुसज्जित 'दिल दिल' बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लक्ष्मण पोखरेलको शब्द संगीत, मनोज चौलागाईँको संगीत संयोजन किशोर थापाको मिक्सिङ मासटरिङ्ग रहेको छ । जतिन ताम्राकार र मल्लिका राजोपाध्याय अभिनित भिडियोलाई दिल्प समनले निर्देशन तथा समपादन गरेका हुन । भिडियोमा शंकर देव घिमिरको छांयाकन, राम विकको कोरियोग्राफी रहेको छ । भिडियोलाई एसियन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/iPoPkwRGQ7c...
दुर्गेश थापाले चोरे गायक योगेशकाजीको गीत
मनोरन्जन, समाचार

दुर्गेश थापाले चोरे गायक योगेशकाजीको गीत

गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन। यो अधिकार तिमिलाई कसले दियो ? बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।” आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आय...
दाहालको निर्देशनमा ‘तिमिसंग छुट्टिएर’
मनोरन्जन, समाचार

दाहालको निर्देशनमा ‘तिमिसंग छुट्टिएर’

काठमाण्डौ, माघ २ ग्यालेक्सी दैनिक गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् । खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ रहेपनि आफ्नो कर्ममा सकृय निर्देशक दाहालको निर्देशन रहेको सचेतनामुलक सर्ट फिल्म सार्वजनिक हुने तयारीमा रहेको छ । उनले कल्पना पाठकको शब्द, गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको ‘तिमीसँग छुट्टिएर’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेको बताए । गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको मुख्यभूमिका रहेको छ । वियोगान्तभावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युवच्यानल मार्फत सार्वजनिक गरि...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न

विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लसीनालाई सम्मान गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मान बाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो । यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक...
बाल गायिका सफलताले हात पारिन अवार्ड
मनोरन्जन, समाचार

बाल गायिका सफलताले हात पारिन अवार्ड

काठमाण्डौँ, पौष २८  ग्यालेक्सी दैनिक विश्व कीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी ११ वर्षीया छोरी सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ । मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड आफ्नो पक्षमा पार्न बाल गायिका सफलता श्रेष्ठ सफल भएकी हुन् । सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो । ‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ ।...