Friday, November 20

राजनीति

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ८ मन्त्रीहरुले लिए सपथ
राजनीति, समाचार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ८ मन्त्रीहरुले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रिपरिषद विस्तार गरेका छन्। योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री ओलीले विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ। नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शशपथ ग्रहण गराइन्। प्रधानमन्त्री ओलीले विहीबार खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण नियुक्त गरेका ...
विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त
राजनीति, समाचार

विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।  विहिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । एमालेका २७ जना सांसदले उनको पक्षमा मतदान गरे भने विपक्षमा ३० जना सांसदले मतदान गरे ।  गत वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् । तर विश्वासको मत लिन प्रयास गरेपनि उनले बहुमत प्राप्त गर्न सकेनन् ।  ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र सांसदमा १ जना रहेका छन् । ...
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजनीति, समाचार

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले विहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। सरकारले जसपालाई सरकारमा ल्याउन नागरिकता ऐन संशोधनका लागि अध्यादेश ल्याएको थियो। सो अध्यादेश कार्यान्वयन भए विदेशीले पनि सहजै नेपाली नागरिकता पाउने भन्दै आलोचना भएको थियो भने केहीले सो अध्यादेश संविधान सम्मत भएको भन्दै बचाउ गरेका थिए। नागरिकता ऐन संशोधनका लागि संसदमा विधेयक प्रस्तुत थियो। तर, प्रतिनिधिसभा विघटनसँगै सो विधेयक निष्क्रिय भइसकेको छ।...
८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु
राजनीति, समाचार

८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । थपिएका मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री बनाएका छन् ।...
मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी
राजनीति, समाचार

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ। प्रधानमन्त्री ओलीले आफू निकट मानिने खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।...
गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै
राजनीति, समाचार

गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांस...
प्रतिनिधिसभा विघटन मुद्दाः अन्तरिम आदेश दिइएन,  सरकारसँग जवाफ मागियो
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः अन्तरिम आदेश दिइएन, सरकारसँग जवाफ मागियो

प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीप कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश नदिएको हो। देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। सर्वोच्चमा यो विषयमा ३० वटा रिट दायर छन्। ती रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ। बुधबार रिट निवेदकका पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता शम्भु थापालगायतले अन्तरिम आदेश दिन माग गरेका थिए। उनीहरुले ...
पार्टी एकता हुन नसक्नुको मुख्य जड – ओली, नेपाल र खनाल भन्छन् योगेश भट्टराई
राजनीति, समाचार

पार्टी एकता हुन नसक्नुको मुख्य जड – ओली, नेपाल र खनाल भन्छन् योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको एकता बचाउन जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । उनले शीर्ष नेताकै कारण पार्टीमा एकता हुन नसकेको बताएका छन् । उनले पार्टी एकता हुन नसक्नुमा मुल जड बारे बताएका छन् ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर अर्को पार्टी जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।  यस्तै उनले नेपाल र खनाल पनि आफ्नै पार्टीका ओलीसँग मिल्न तयार नहुने तर कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।  उनले यी नै कारणले गर्दा पार्टीको समस्या हल हुन नसकेको ...
सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
राजनीति, समाचार

सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आजको लागि उक्त सुनुवाई सारिएको थियो । प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाले आजको लागि सुनुवाई सारिएको थियो ।  प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।   इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ हुन छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माथ गरिएको छ ।&nbs...
कर्णाली प्रदेशसभा बैठक स्थगित
राजनीति, समाचार

कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार २ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।  कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो ।  प्रदेशसभाको शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको थियो । ...