Friday, November 20

राजनीति

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय
राजनीति, समाचार

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय

यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन । उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ। खुल्...
दरवार हत्याकाण्डको आज २० वर्ष पूरा
राजनीति, समाचार

दरवार हत्याकाण्डको आज २० वर्ष पूरा

नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज २० बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते पूर्वराजा वीरेन्द्र शाहसहित दश जनाको गोली प्रहार गरी हत्या गरिएको थियो ।  उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ। रहस्यमयी तरिकाले भएको उक्त दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्...
जसपा यादव पक्षले गर्‍यो महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित
राजनीति, समाचार

जसपा यादव पक्षले गर्‍यो महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । मंगलबार बसेको  पार्टीको कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्कासन गर्ने निर्णय गरेको हो ।  यसअघि उपेन्द्र पक्ष र महन्थ पक्षले एकअर्कालाई स्पष्टीकरण सोधेका थिए । तर उपेन्द्र पक्षले जेठ ११ गते सोधेको स्पष्टीकरण नआएपछि पुन जेठ १५ गते पनि स्पष्टीकरण सोधेको थियो । तर तोकिएको समयअवधिभित्र जवाफ आएन ।   जसपा अध्यक्ष महन्थ ठाकुरले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले यसको विरोध गर्दै आइरहेका छन् । जसका कारण अहिले जसपाका दुई पक्षबीच विवाद बढ्दै गइरहेको छ । ...
सत्ता समीकरणको सौदाबाजी
राजनीति, समाचार

सत्ता समीकरणको सौदाबाजी

-डा.डिआर उपाध्याय, नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ । यति बेला आमनागरिक कोरोना महामारीकाबीच गुर्जिरहेका छन । यस्तो बेलामा राजनीति गर्नु पटक्कै सुहाउने कुरा होइन । जनता रोएको बेला सत्ता स्वार्थको यो फोहोरि खेल बन्द हुनु पर्दथ्यो । अहिलेको यो बेला भनेको सवै मिलेर कोरोना बिरुद्ध लडने हो । सारा मान्छेको ध्यान कोरोना माहामारी तर्फ गइरहेका बेला दल र तिनका नेताहरुको ध्यान सत्तामा गएको देख्दा लाज लागेर आउँछ । जनप्रतिनिधिमूलक संसद विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता फैलिएको छ । यता बिपक्षी दलहरु यो बिषयलाई लिएर आक्रोशपूर्ण अभिब्यक्ति दिईरहेका छन । व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा व...
दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

दोस्रो पटक एमाले स्थायी कमिटी बैठक स्थगित

 आज विहान बस्ने तय भएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा स्थायी कमिटी सदस्यहरु गएका कारण स्थायी कमिटी बैठक स्थगित भएको हो। स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मालगायतका नेता निर्वाचनमा गएका कारण बैठक स्थगित भएको हो।यसअघि आइतबार साँझ पाँच बजे बैठक बस्ने तय भएको थियो। तर अन्तिम अवस्थामा आएर बैठक सोमबार विहान दश बजेसम्मका लागि स्थगित भएको थियो। अब बैठक मंगलबार विहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।...
लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन
राजनीति, समाचार

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपनिर्वाचन

लुम्बिनी प्रदेशमा सोमबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदानको लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुँदैछ । उपनिर्वाचनमा दुई जना उम्मेदवार रहेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । उम्मेदवार पाण्डेलाई एमालेको माधव नेपाल समूहले पनि समर्थन गरेको छ । पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।  उनी एमालेको सांसदबाट राजीनामा दिएर कांग्रेसमा गएका थिए । खड्का पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। उनी पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । ...
गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय
राजनीति, समाचार

गणतन्त्र दिवसको अवसरमा शुभकामना :डा.डिआर उपाध्याय

आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुसि हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग , तपस्या र बलिदानी भएको छ । यो गणतन्त्र त्यसै आएको होइन , अहिले गणतन्त्र माथि खेलवाड गर्ने तत्वहरु पनि छन । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन । तर उनीहरुको प्रयास असफल हुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाँजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यति बेला कमजोर भएको होकी जस्तो देखिएको छ । अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्...
राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति
राजनीति, समाचार

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्। चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन्। ‘‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामी...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
राजनीति, समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ। संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फट बजेट आउँदैछ।...
सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
राजनीति, समाचार

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचनको तयारी गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि कडाइकासाथ परिचालन हुन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँगको भेटघाटमा सो निर्दैशन दिएका हुन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई वालुवाटार बोलाएर सो निर्दैशन दिएको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढेको र त्यसको नियन्त्रणमा पनि नेतृत्वले ध्यान दिनुपर्ने भन्दै सुरक्षाकर्मीहरुले भ्याक्सिन लगाउन बाँकी भए त्यसको पनि व्यवस्था गर्ने आश्वासन दिएका थिए।...