Friday, November 20

राजनीति

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर
राजनीति, समाचार

राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर

डा.डिआर उपाध्याय, अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् । नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ । नेकपा दुइ खेमामा बिभाजित ...
अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली
राजनीति, समाचार

अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री ओली

डा.डिआर उपाध्याय, सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएको केही दिन मात्र भएको छ । अहिले राजनीतिक दलहरू आआफ्ना रणनीति तयार गर्न व्यस्त छन्। सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ । यो अवधि भित्र संसद बैठक बस्न नसके राजनीतिक अन्योलता हुनेछ ।त्यसो भएर पनि सरकारले २३ गतेदेखि संसद् बैठक आह्वान गर्ने निर्णय गरेको छ । संसद बैठक बसेर अहिले देखिएको अन्योलतालाई हटाउनु पर्छ । यो अहिलेको आवश्यकता हो । अदालतले संसद् बैठक १३ दिन भित्र बस्ने आव्हान गरे सँगै संसद बैठक फागुन २३ गते ४बजे बस्ने भएको छ । हाम्रो चाहना भनेको राजनीतिक स्थिरता हो । देश विकासको लागि राजनीतिक स्थिरता कायम हुनु पर्छ । भावी प्रधानमन्त्रीका बारेमा अन्योल देखिएको छ । संसद पुनस्थापना पछिको परिस्थिति जटिल अवस्थामा छ । सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित भएपछि संकट उत्पन्न भए...
सरकार गठन अहिलेको आवश्यकता होइन
राजनीति, समाचार

सरकार गठन अहिलेको आवश्यकता होइन

डा.डिआर उपाध्याय, माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन । किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको ...
दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा
राजनीति, समाचार

दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा मुलुकको राजनीति अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा चालेको असंवैधानिक कदमपछि नेकपा दुई खेमामा विभाजित भएको हो ।संसद पुनस्थापना भएपछि पनि नेकपा एक हुने कुनै छाँँटकाँट देखिदैन । नेकपा विभाजनको विषय निर्वाचन आयोगमा विचाराधीन बनेको छ । राजनीतिक दलसम्बन्धी ऐनले जुन समूहतर्फ बहुमत केन्द्रीय कार्य समिति हुन्छ । उसैले नेतृत्व गरेको पार्टीले आधिकारिक मान्यता पाउने भनेर स्पष्ट उल्लेख गरेको छ । तर, अहिले यो विषयमा निर्वाचन आयोगलाई निर्णय गर्न धेरै कठिन भइरहेको छ । प्रमुख ठूला दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा हो । जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट लोकतन्त्र प्राप्त भएको हो । यसमा कसैले खेलवाड गर्नु हुँदैन । मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेपाली जनताको प्रत्यक्ष सहभागिता रहँदै आएको छ । २...
राजनीतिक खिचातानी
राजनीति, समाचार

राजनीतिक खिचातानी

डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम लाई खारेज गर्दै पुनस्र्थापनाको फैसला सुनाएको छ ।अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ । दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ । अव मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ । अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ । नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन । नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ । मुलुक पुनः राजनीतिक खिचातानी र विवादको ...
इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति
राजनीति, समाचार

इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति

डा.डिआर उपाध्याय राजनीतिमा इमान्दारिता नहुँदा जनताले दुःख पाउँछन् । बेइमानको राजनीतिले नेपाली जनताले लामो समयदेखि दुःख पाइरहेका छन् । अब नयाँ पुस्ताले इमानको राजनीति गर्नुपर्छ । इमानको राजनीतिले मात्र देशको उन्नती प्रगति हुन्छ । राजनीतिको नाममा कमाउँ धन्दा मौलाएको छ । यो नै देशको लागि सबैभन्दा डरलाग्दो रोग हो । राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कमाउँ धन्दा बनाउनु हुदैन । हाम्रो देशको राजनीति बद्नामी बन्दै गएको छ । यसो हुनु हुँदैन् किनभने नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीतिले सही बाटो लिने हो भने अरुनीतिहरु स्वतःसही बाटोमा आउँछन् । २०४६सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको राजनीति त्यती सहज रुपका साथ इमान,जमान र नीतिमा चल्न सकेन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत टकराव र सत्तास्वार्थमा अधिकांश समय बिताए । जसको कारण मुलुक अघि बढ्न सकेन । व्यक्तिगत ...
फैसलासँगै प्रतिगामी तत्वहरु पराजित
राजनीति, समाचार

फैसलासँगै प्रतिगामी तत्वहरु पराजित

-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । यो नै खुशिको कुरा हो । यो फैसलासँगै प्रतिगामी तत्वहरु पराजित भएका छन् । लोकतन्त्रवादी शक्ति र नेपाली जनताको जित भएको छ । न्यायलयले निष्पक्ष छानबिन गरी जुन यो फैसला गरेको छ यसले न्यायलय माथि विश्वास प्रकट गरेको छ । अलोकतान्त्रिक प्रवृत्तिको पराजय भएको छ । यो फैसलाले गलत बाटोमा गएको संविधानलाई फेरि सही बाटोमा फर्काएको छ । यसका लागि सर्वोच्च अदालतलाई सबै जनताले ह्रिदयदेखि नै धन्यवाद दिनु पर्छ । फैसला सँगै जनताले देशका विभिन्न ठाउँमा खुसीयाली मनाइरहेका छन् । अब मुलुकको राजनीति कसरी विकसित हुने हो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । सर्वोच्च अदालतले संसद बैठक १३ दिन भित्र बोलाउन सुझाएको छ । त्यसपछि देशको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा प्रष्ट होला । नेपालको न्याय क्षेत्रले धेरै प्रश्नचिन्हको सामना गर्नुपरेको ...
अन्ततः संसद पुनस्थापना भएरै छाड्यो
राजनीति, समाचार

अन्ततः संसद पुनस्थापना भएरै छाड्यो

डा.डिआर उपाध्याय, अन्ततः संसद पुनस्थापना भएरै छाड्यो । बर्तमान संकटको निकास भनेको संसद पुनस्थापना हो भनेर म बारम्वार बिषय वस्तु उठाउँदै आफना बिचार राख्दै आएको सर्वबिदितै छ । अव मुलुकको राजनीतिक र संवैधानिक संकट समाधान भएको छ । मुलुक सहि बाटोमा आएको छ । सम्मानित अदालतबाट निष्पक्ष फैसला भएको छ । यसको हामी सवैले स्वागत गर्नु पर्छ । न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको छ । यो फैसलाले जनताको पक्षमा न्याय भएको छ । संसद पुनस्थापना हुनु भनेको जनताको जित हो । यो बेमौसमीमा जनताले चुनाव चाहेका थिएनन । अहिले संसद पुनस्थापना भएर संकट समाधान भएको छ । यो नै राम्रो कुरा हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर जनताको मन जितेको छ । यो नै खुशिको कुरा हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि संसद पुनःस्थापनाको फैसला गर...
हामी कता जादै छौ ?
राजनीति, समाचार

हामी कता जादै छौ ?

डा.डिआर उपाध्याय, देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई हुने थियो भने यो देश धेरै पहिले देखि बन्थ्यो । जनता भोका नाङगा र बेरोजगार छन । जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौ छिरेका नेताहरुको काठमाडौमा अलिसान महल र प्रशस्त बैक ब्यालेनस छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठने गर्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भैसक्यो । यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन । कुनै पनि देशमा यति धेरै समय सम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ । दल र तिनका नेताहरुको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर हाता लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने जनता भोका हुने अवस्था कायम रहिरहेयो भने...
राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति
राजनीति, समाचार

राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति

डा.डिआर उपाध्याय, यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ । देशको राजनीतिक संकट समाधान गर्ने तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ । मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो संकेत होइन । संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो । सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ । आर...