Monday, November 23

समाचार

‘निन्द्रै लाग्दैन’ भन्दै आए केशव भट्टराई र उषा उप्रेती (भिडियो)
मनोरन्जन, समाचार

‘निन्द्रै लाग्दैन’ भन्दै आए केशव भट्टराई र उषा उप्रेती (भिडियो)

मोडलद्वय उषा उप्रेती र केशव भट्टराईले मोडलिङ गरेको गीत ‘निन्द्रै लाग्दैन’ सार्वजनिक भएको छ । नृत्य शैलीको यो गीतलाई रचना रिमाल र सन्तोष रुचालले स्वर दिएका हुन् । गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ । गीत रचना हरिप्रसाद गौतमले गरेका हुन् भने संगीत सन्तोष रुचालकै हो । सागर पौडेलले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।...
‘अब जे होला होला’ प्रसारण हुने तयारीमा
मनोरन्जन, समाचार

‘अब जे होला होला’ प्रसारण हुने तयारीमा

काठमाण्डौ, माघ ४  ग्यालेक्सी दैनिक वरिष्ठ हास्य अभिनेता उत्तम के.सि. नेपालको कथा लेखन तथा निर्देशन रहेको नयाँ हास्य श्रृंखला ‘अब जे होला होला’ प्रसारण हुने भएको छ । प्रत्येक बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७:३० बजेदेखि प्रसारण हुने श्रृंखलाको प्रोमो सोमबार सार्वजनिक भएको हो । सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग शैलीमा जीवन्त रुपले उतारिएको उक्त श्रृंखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । दुर्गा के।सि।को निर्माणमा तयार पारिएको श्रृंखलामा ज्ञान कुमार कट्टेलको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन तथा ओम सुनारको व्याकराउण्ड संगीत सुन्न सकिन्छ । http...
कोहलपुर स्मार्ट सिटीमा सरल किस्ताबन्दीमा खोजे जस्तै,रोजे जस्तै घडेरी
अर्थ/व्यापार, समाचार

कोहलपुर स्मार्ट सिटीमा सरल किस्ताबन्दीमा खोजे जस्तै,रोजे जस्तै घडेरी

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो। यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,न...
लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करण भव्य रुपमा सम्पन्न

लिटिल प्राईड अफ नेपालको तेश्रो संस्करणको ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको आयोजनामा आयोजित उक्त प्रतियोगितामा करीब ८० भन्दा बढि बालबालिकाहरुको सहभागिता रहेको थियो । करिब २ महिना विभिन्न विधाका अनुभवी ख्याती प्राप्त प्रशिक्षकः गायनमा मोहन मगर,नृत्यमा संदिप भुजेल, अभिनयमा किशोर अनुरागबाट लामो प्रशिक्षण पश्चात राष्ट्रिय नाचघरमा प्रतिस्पर्धी बालवालिकाहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नृत्य,गायन तथा अभिनयमा ईच्छुक बालवालिकाहरुको थप क्षमता अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा हजारौ माझ प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्राईड अफ नेपालका प्रतिस्पर्धीहरुले आकर्षक प्रस्तुती दिएर अभिभावक तथा निणार्यक मण्डलको मन जितेका थिए । यस अघिका प्रतियोगिताबाट समेत द भ्वाईस लगायत राष्ट्रिय स्तरका विभिन्न रियालिटी शोहरुमा आकर्षक प्रस्तुती दिदै चर्चा कमाउन सफल भएका थ...
७ गीत र भिडियो एकैसाथ ल्याउने तयारीमा वरिष्ठ लोकगायक खनाल
मनोरन्जन, समाचार

७ गीत र भिडियो एकैसाथ ल्याउने तयारीमा वरिष्ठ लोकगायक खनाल

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही दिन अघि अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत, संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् । खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए । तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भि...
गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक(भिडियो)

प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक भएको छ । नेपाली सुगम र संगीत नेपाली चलचित्रका गीतमा ख्याती कमाएका गीतकार अधिकारीले बेला बेला जनबोलीका रमाइला प्रसङ्ग समेटी तयार गरेका गीत सार्बजनिक गर्दै आएका छन । त्यसैको पछिल्लो निरंतरता हो बालै भएन । केके अप्टेक युटुब बाट सार्बजनिक भएको उक्त गीतको भिडियोमा चर्चित मोडल दुर्गेश थापा सङ्ग अघिकारीले पहिलो पल्ट सहकार्य गरेका हुन । गीतको अडियो तर्फ संगीतकार दिपकराज बिश्वकर्मा र गायक कर्मा ग्याल्छेन बम्जन सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो । गीतमा समिक्षा अधिकारीको महिला स्वर समाबेश छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ भने अजय रेग्मीको टिमले भिडियो खिचेको हो । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो मा चादनी स्लिया ले ठुम्का हानेकी छन । एउटा फोटो खिच बाट चर्चामा रहेकी मोडल चादनी ...
एलआइसी नेपालको बाल समृद्धि बीमा योजना प्रारम्भ
समाचार

एलआइसी नेपालको बाल समृद्धि बीमा योजना प्रारम्भ

काठमाण्डौ, माघ ३ | तेजनेपाल एलआइसी नेपालले बाल समृद्धि बीमा योजना प्रारम्भ गरेको छ । पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी.बर्णवाल, सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले गत साता संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गर्नुभएको थियो । उक्त योजना अन्तर्गत १६ वर्ष उमेर पुरा नहुँदा सम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम वहन हुनेछ । अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजना अन्तर्गत बीमाका लागि योग्य हुनेछ । बीमित १६ वर्ष पुगेपछि कुनै शुल्क बुझाउनु पर्ने छैन । बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनस सहित भुक्तानी हुने यस योजनाको मुख्य विशेषता हो । यदि प्रस्तावकको निधन भएमा प्रत्येक ...
मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मोडल अनुप अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

मोडल अनुप अधिकारी अभिनित पानी खोलीको को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा रहेर ६ वर्ष भन्दा लामो समयदेखि मोडलिङ्गमा सक्रिय मोडल अनुपले गायक तथा संगीतकार योगेशकाजी शाहको स्वर तथा संगीतमा रहेको उक्त गीतको भिडियोमा एक नेगेटिभ क्यारेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन । उनको साथमा गायक योगेशकाजी तथा मोडल सोना घिमिरेको अभिनय रहेको छ । राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ । एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई देख्न सकिन्छ । अजय रेग्मिको छायांकन रहेको भिड...
अञ्जु पन्तको सुमधुर स्वरमा ‘दिल दिल’
मनोरन्जन, समाचार

अञ्जु पन्तको सुमधुर स्वरमा ‘दिल दिल’

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरले सुसज्जित 'दिल दिल' बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लक्ष्मण पोखरेलको शब्द संगीत, मनोज चौलागाईँको संगीत संयोजन किशोर थापाको मिक्सिङ मासटरिङ्ग रहेको छ । जतिन ताम्राकार र मल्लिका राजोपाध्याय अभिनित भिडियोलाई दिल्प समनले निर्देशन तथा समपादन गरेका हुन । भिडियोमा शंकर देव घिमिरको छांयाकन, राम विकको कोरियोग्राफी रहेको छ । भिडियोलाई एसियन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/iPoPkwRGQ7c...
सुलक्षण कीर्ति क्याम्पस, कीर्तिपुरमा एम. बुद्धिजम र दिगाे विकासको पढाई हुने
शिक्षा, समाचार

सुलक्षण कीर्ति क्याम्पस, कीर्तिपुरमा एम. बुद्धिजम र दिगाे विकासको पढाई हुने

काठमाण्डौ, माघ ३  ग्यालेक्सी दैनिक लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिक स्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चाेभार गेटमा सञ्चालन हुने भएकाे छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक यही माघ २०७८ माघ १५ गतेदेखि सञ्चालन हुन गइरहेको स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास Master in Buddhism and Sustainable Development कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाे संयुक्त ...