Tuesday, November 24

समाचार

१ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु
विशेष, समाचार

१ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६२६ जनाको पीसीआर परीक्षणमा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।...
बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर
अर्थ/व्यापार, समाचार

बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ६६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९३ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैय...
काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज
अन्तरवार्ता, राजनीति, समाचार

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुदैछ। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ जिल्ला‍मा आज वडा अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् । मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजात...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
राष्ट्र, समाचार

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

जिल्लाको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिएका छन् ।...
‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन। गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। ...
सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ (भिडियो)
मनोरन्जन, समाचार

सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ (भिडियो)

काठमाण्डौँ, असोज  । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म...
दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन
राजनीति, समाचार

दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन

-डा.डिआर उपाध्याय, मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनु पर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छे संग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरु राजनीतिबाट पाखा लागेका छन । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागु हुन्छ । चन्दाको भरमा नेपालका राजनीतिक दलहरु चलेका छन । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागी राम्रो संकेत होइन । अहिले दलहरु आन्तरिक द्वन्द...
आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
राजनीति, समाचार

आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ । विसं २०७२ असोज ३ गते...
जनताको पक्षमा काम गर्ने सरकारको खोजी
राजनीति, समाचार

जनताको पक्षमा काम गर्ने सरकारको खोजी

-डा.डिआर उपाध्याय, नेपाली जनता धेरै समस्यामा परेका छन । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन । जनतामा उत्साह र उमंग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन । जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुखद कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् । सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका ...
‘किनबेचबिजनेश डटकम’डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान
अर्थ/व्यापार, समाचार

‘किनबेचबिजनेश डटकम’डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियान

किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनले...