Tuesday, November 24

समाचार

नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य

नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।ताम्राकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।...
१४८६ कोरोना संक्रमित थपिए, १६ को मृत्यु
विशेष, समाचार

१४८६ कोरोना संक्रमित थपिए, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४८६ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ जनाले ज्यान गुमाएका छन् ।...
बढ्यो कुवेती दिनारसहित अन्य देशको विनिमयदर, कुनको कति ?
अर्थ/व्यापार, समाचार

बढ्यो कुवेती दिनारसहित अन्य देशको विनिमयदर, कुनको कति ?

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने कुवेती दिनार लगायतको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ९१ पैसा तोकिएको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ २० पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ८२ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पै...
अफगानिस्तानलाई सहयोग गर्न राष्टसंघले सहायता सम्मेलन गर्दै, ६० करोड डलर जुटाउने
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानलाई सहयोग गर्न राष्टसंघले सहायता सम्मेलन गर्दै, ६० करोड डलर जुटाउने

द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।  गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।  पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ । राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् ।  दातृ राष्ट्रह...
एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा
राजनीति, समाचार

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाडौंसहितका सहरमा प्रदर्शन भएको थियो ।...
भारतमा थपिए ३१ हजार ३७४ संक्रमित, २१९ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३१ हजार ३७४ संक्रमित, २१९ संक्रमितको मृत्यु

भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ६३ हजार ५४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार ९३१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९०७ पुगेको छ ।...
थप ९११ मा कोरोना संक्रमण, १,४२३ निको भए
विशेष, समाचार

थप ९११ मा कोरोना संक्रमण, १,४२३ निको भए

पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ । देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरक...
आस्मान लोप्चनको “आगो त बाल्ने सलाईको” भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

आस्मान लोप्चनको “आगो त बाल्ने सलाईको” भिडियो सार्वजनिक(भिडियो)

सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली “आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ । गायक लोप्चनले यो नयाँ खान्दोके सेलोको भिडियोले मौलिक भाका, गीत संगीतको जगेर्ना गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे मान्द्रामा पर्ने स्थानिय पर्यटकिय स्थानहरुलाई पनि चिनाउने कोशिस गरेको बताउनुहुन्छ । बिशेष गरि भिडियोमा बयौलि कुण्ड, गुम्बा र मान्द्रा गाउँलाई भिडियोमा प्राथमिकता दिएका छन । https://youtu.be/eQVn-H7e4U0 “आगो त बाल्ने सलाईको” राम लामाको निर्माणमा तयार भएको भिडियो क्लिक नेपाल युट्युब बाट बजारमा ल्याएको होे । आस्मान लोप्चनको लय तथा शब्द संकलन र जोगलाल लामाको स...
नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न
मनोरन्जन, समाचार

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न

काठमाडौ । नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७र७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्बजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल ४१ बिधामा अवार्ड वितरण गरेको छ। चलचित्र बिकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तिजको दर खाने दिनको अवसर पारेर भबव्यरूपमा सम्पन्न भएको नेशनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ मा बर्षको तिज नारी सम्मानमा बरिष्ट नायिका करिष्मा मानन्धर , दिपाश्री निरौला, पुरुष कलाकार तर्फ तिज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी बर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा बरिष्ट कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो। ख्यातिप्राप्त कलाकारहरुको गरिमामय उपस्थितिको साथमा सम्पन्न भएको अवार्डमा बर्षको सर्वउत्कृष्ट मोड...
मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मञ्जु थापाको स्वरमा रहेको गीत ‘माया मुरी मुरी…’ सार्वजनिक भएको छ । उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/75ZNVTuB6Ps जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ । गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।...