Friday, November 20

समाचार

गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)

साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तिजमय भैसकेको छ । हरेक दिन कैयौं तिज कोशेलीहरु सांगीतिक बजारमा अडियो भिडियो सहित दर्शक श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिका लाई भ्याइनभ्याई छ । यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तिज कोशेली तर्किएर जानेलाई सार्वजनिक गरेका छ्न् । मन्जु बिक,तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यश गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छ्न् । राजेन्द्र नेपाली लट्टे,अस्मि गौतम र अनुभव पौडेलको अभिनय रहेको गीतको म्युजिक भिडियो लाई गणेश सापकोटाले खिचेका हुन भने सुवास अम्गाइले सम्पादन गरेका छ्म् । कपिल श्रेष्ठ को निर्देशन मा तयार भएको यश गीत लाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर संगै भिडियोमा पनि भट्टराई फिचर्ड छ्न् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस ।...
‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान
समाचार, समाज

‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान

बनेपा, काभ्रे — रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ। कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले सम्मान गरेका थिए। पत्रकार गौतमलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको हो। काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्। सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन्। यसअघि पनि उन...
‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता छानिए
मनोरन्जन, समाचार

‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता छानिए

काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मोड...
“‘सपना’मा देखिए महानायक : न्यूयोर्कमा खिचिएको गीतले पायो दर्शकको मन”
भिडीयाे, मनोरन्जन, समाचार

“‘सपना’मा देखिए महानायक : न्यूयोर्कमा खिचिएको गीतले पायो दर्शकको मन”

रेबेल ईभेन्टस् आइ.एन.सि र छेवाङ्ग प्रोजेक्टको प्रस्तुति गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको नयाँ नेपाली गीत सपना सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएका यी दुई लोकप्रिय गायकको स्वरमा रहेको यो गीतको म्युजिक भिडियोको छायांकन अमेरिकाको न्युयोर्कमा गरिएको हो । भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ साथै नागिन केसी पन्तले पनि उत्तिकै प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्, जसले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ । गीतको संगीत दिलिप समनले गरेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन् । उक्त गीतलाई हरि हुमागाई, अन्जय खड्का र विर बहादुर लामिछानेले खिचेका हुन् । निर्देशन, अभिनय, र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंशा बटुलिरहेको छ ।...
संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक
मनोरन्जन, समाचार

संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक

सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज को अवसरमा मौलिक भाका र चेलीे मनोभावनालाई समेटेर सर्जक तथा गितकार प्रेम संगमले ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सार्वजनिक गरेका छन् । गीत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा प्रेम संगम कै शब्द रचना रहेको छ भने लय सिर्जना राजकुुमार बगरको र गीतको संगीत संयोजन रमेश सेन्चुरी गर्नुभएको छ । गितमा रचना रिमालले आफ्नो सुमधुर स्वर दिएकी छिन् । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरा का रुपमा परिचित बरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान...
पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२
समाचार, समाज

पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२

अग्रज सञ्चारकर्मी नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको भव्य कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो । कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई आकार दिन, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए । प्रेस चौ...
चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)
मनोरन्जन, समाचार

चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

आगामी भदौ २० गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधवराज खरेलले निर्देशन गर्नुभएको हो । कुवेर डिस्टिब्युटर्स प्रालि. वितरण गर्ने ‘चिट्ठी’ हरर तथा कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना श्रीमानप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत तथा गायिका बेनिशा पौडेलको स्वर छ । निर्देशक खरेलका अनुसार ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तर–आत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडिय...
समाजसेवामा अग्रणी सौन्दर्य र आत्मबलको प्रतिमूर्ति :‘मिसेस ब्युटिफुल प्रिया कार्की’
मनोरन्जन, समाचार

समाजसेवामा अग्रणी सौन्दर्य र आत्मबलको प्रतिमूर्ति :‘मिसेस ब्युटिफुल प्रिया कार्की’

काठमाडौं । परम्परागत सौन्दर्य प्रतियोगिताको परिभाषालाई नयाँ दृष्टिकोण दिँदै, सामाजिक चेतना र उत्तरदायित्वको सशक्त स्वरूप प्रस्तुत गर्न सफल प्रिया कार्की ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को ताजसँगै परिवर्तनको प्रेरक प्रतीकका रूपमा उदाएकी छन्। दक्ष इन्टरनेशनलको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित सहभागी भएकी कार्कीले बेस्ट फोटोजेनिक, बेस्ट पर्सनालिटी तथा भिवर्स चोइस अवार्ड जस्ता उपाधिहरू जित्दै ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को प्रमुख उपाधि प्राप्त गरेकी हुन्। ताजसँगै उनलाई सम्मानपत्र, विशेष गिफ्ट ह्याम्पर तथा सामाजिक अभियानमा सहभागिताको अवसर पनि प्रदान गरिएको छ। सामाजिक अभियानमा अग्रणी नेतृत्व प्रिया कार्की लामो समयदेखि बालविवाहको विरोध, महिला सशक्तिकरण, र शिक्षामा पहुँच जस्ता विषयमा निरन्तर क्रियाशील छिन्। ग्रामीण क्षेत्रका किशोरीहरूमाझ शिक्षा, आत्मनिर्भरता र चेतनाको सन्देश...
केन्द्रीय विभागमा गाभिएका ४ विभागको शुल्क घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी) रिले अनशनमा
राजनीति, समाचार

केन्द्रीय विभागमा गाभिएका ४ विभागको शुल्क घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी) रिले अनशनमा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क अन्य विभाग सरह घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी)ले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। संगठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज निरोज श्रेष्ठ र शुल्क शोषण विरुद्ध विद्यार्थी आन्दोलनका संयोजक मनिश चंलागाई आजदेखि रिले अनशनमा बसेका छन्। यसअघि पहिलो चरणमा ७ दिनसम्म धर्ना दिइएको भए पनि माग वेवास्ता गरिएपछि दोस्रो चरणको रिले अनशन सुरु गर्न बाध्य भएको संगठनले जनाएको छ । अनेरास्ववियू(क्रान्तिकारी)का अनुसार शिक्षाध्यक्ष, रेक्टरलाई हिजो मात्रै कार्यकक्षमा प्रवेश गर्न दिइएको थियो, आन्दोलनको माग सम्बोधन हुने अपेक्षामा। तर, विश्वविद्यालय प्रशासनले मागलाई बेवास्ता गरेपछि संघर्ष चर्काउनुपरेको संगठनका नेताहरूले बताएका छन्। रिले अनशन स्थलमा एकता र समर्थन जनाउन संगठनका केन्द्रीय उपाध्यक्षह...
आतिथ्यलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने संकल्प गरेका छौं: अध्यक्ष पन्त
अर्थ/व्यापार, समाचार

आतिथ्यलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने संकल्प गरेका छौं: अध्यक्ष पन्त

काठमाडौं – राजधानीको नक्सालमा अर्धबुटिक र पूर्ण आधूनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न ‘ईन्स्टा होटल’ भव्य रूपमा सञ्चालनमा आएको छ। होटलले २१ भन्दा बढी आकर्षक र वातावरणमैत्री कोठा, १०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल, बहु–खानाको रेस्टुरेन्ट तथा आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत राजधानीको आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने लक्ष्य लिएको छ। ५ करोड लगानी रहेको उक्त होटलले ३ दर्जन वढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । २०१४ देखि हस्पिटालिटी क्षेत्रमा अनुभव होटलका अध्यक्ष ईश्वर प्रसाद पन्त (श्रीकृष्ण) २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। देश–विदेशका ख्यातिप्राप्त होटलहरूमा लामो समय काम गरेर उनले होटल व्यवस्थापन, ग्राहक सेवा र व्यवसायिक नेतृत्वको गहिरो अनुभव आर्जन गरेका छन्। यही अनुभवलाई आधार मानेर उनले ईन्स्टा होटललाई अन्तर्राष्ट्रिय मापदण्डमा उभ्याउ...