Monday, November 23

समाचार

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा
अर्थ/व्यापार, राष्ट्र, समाचार

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो । गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो । तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो । होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ...
एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर डा. उपाध्यायद्वारा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम
समाचार, समाज

एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर डा. उपाध्यायद्वारा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम

डा. डीआर उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई यो रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गिनिजबुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो । विश्वकीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्री समक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका ...
तालिवानसँग डराएर देश छोड्दा विमानको चक्कामा लुकेका ३ यात्रु खसे
अन्तर्राष्ट्रिय, समाचार

तालिवानसँग डराएर देश छोड्दा विमानको चक्कामा लुकेका ३ यात्रु खसे

 तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ। अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन । विमानबाट मानिसहरु खसेको कारुणिक दृश्य https://twitter.com/MurtazaViews/status/1427218482698014721?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1427218482698014721%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.kha...
अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
समाचार

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै भने, “नेपाल फर्काएपछि उनीहरुलाई कोभिड– १९ महामारीको सन्दर्भमा पीसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पुर्‍याउने गरी कार्ययोजना बनाउनुपर्छ ।’’ मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै नि...
थप ३४५१ मा कोरोना संक्रमण,  ३५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३४५१ मा कोरोना संक्रमण, ३५ को मृत्यु

गत २४ घण्टामा नेपालमा १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ४५८ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५१८ परीक्षण गर्दा ८८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३७१ जना रहेका छन् ।...
पवनदीप बने १२ औं ‘इण्डियन आइडल’
मनोरन्जन, समाचार

पवनदीप बने १२ औं ‘इण्डियन आइडल’

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को उपाधि पवनदीप राजनले जितेका छन् । शोमा अरुणिता काञ्जीलाल फस्ट रनर अप भइन् । पवनदीपले अन्य चार प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । फिनालेमा पवनदीपसहित दानिश खान, शनमुखप्रिया, अरुणिता काञ्जीलाल, निहाल तोरो, सयाली काम्बले प्रतिष्पर्धी थिए । उत्तराखण्डका पवनदीपले उपाधिसँगै नगद २५ लाख रुपैंयाँ, ट्रफी र एक कार पुरस्कार पाए । फिनाले झण्डै १२ घण्टा भन्दा बढी समयसम्म चलेको थियो । शोमा कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, कुमार सानू, अल्का याग्निक र उदित नारायण झालगायत पुगेका थिए । शोमा द ग्रेट खली पनि पुगेका थिए । फिनालेमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमियाको पनि उपस्थिति थियो । तर शोको निर्णायकमध्येकी एक नेहा कक्कड भने कार्यक्रममा उपस्थित थिइनन् ।...
हवाई उडानले जोडिए देशका चार पर्यटकीय गन्तव्य
समाचार

हवाई उडानले जोडिए देशका चार पर्यटकीय गन्तव्य

देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैर...
लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु

लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ । सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् । विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।...
घट्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधसभा पुनर्स्थापित भइसक्दा पनि संसदले बिजनेस नपाएको भनेर सरकारको आलोचना भइरहँदा आज दुई विधेयक प्रस्तुत हुन लागेको हो ।