Monday, November 23

समाचार

थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको
विशेष, समाचार, स्वास्थ्य

थप २७ सय १४ जनामा कोरोना पुष्टि, १२ सय ८८ निको

बिहिबार नेपालमा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २४ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।...
नेपाली राजनीति अहिले सहि बाटोमा
राजनीति, समाचार

नेपाली राजनीति अहिले सहि बाटोमा

-डा.डी.आर.उपाध्याय, सत्तारुढ पार्टीमा बढ्दै गएको बिग्रहले राष्ट्रिय राजनीतिले नयाँ गति लिएको छ । पछिल्लो समयमा आइपुग्दा शेर बहादुर देउवा , माधव नेपाल , पुष्पकमल दाहाल, उपेन्द्र यादव , बाबुराम भट्टराई लगायतका नेताहरुको एउटै मन हुन पुगेको छ । राजनीतिमा कति खेर के हुन्छ केहि भन्न सकिदैन । यो त समयको खेल हो । कुनै बेला ओली र दाहालको एउटै मन भएर पाटी सम्म मिल्न पुग्यो । त्यो पनि लामो समय सम्म टिक्न सकेनन् । राजनीति समय अनुसार उल्टो पाल्टो भैरहन्छ । यो इतिहास देखि हुदै आएको छ । दुईतिहाई बहुमतको सरकार पतन भएको छ । यो एउटा ऐतिहासिक घटना बनेको छ । यस घटनामा नायक र खलनायक छन । यो कुरा नेपाली जनताले बुझेर बसेका छन । एकपछि अर्को राजनीतिक र संबैधानिक घटना घटदै आए । नेपाली राजनीतिमा सबै ब्यहोर्नु पर्ने रहेछ । यद्यपि, आफूले गरेको मात्रै सत्य र अरुले गरेजति सबै षड्यन्त्र देख्ने प्रवृत्तिले गर्दा ...
भारतमा थप ४१ हजार संक्रमित, ५१० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ४१ हजार संक्रमित, ५१० संक्रमितको मृत्यु

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ६९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५१० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ ।...
गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि
विशेष, समाचार, स्वास्थ्य

गत २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा १३ हजार १३५ जनाको परीक्षण गर्दा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५९५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९९ परीक्षण गर्दा ९०६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।...
प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता
राजनीति, विचार, समाचार

प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता

– डा.डी.आर.उपाध्याय , प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन । अव उनले ढुक्कले सरकार संचालन गर्न सक्छन । यो उनका लागी ठूलो अवसर हो । जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन । मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो । तर राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो । नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो । तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन । चुनाव लगत्तै ओली र दाहाल मिलेर पाटी एकता पनि गरे । पाटीको नाम नेकपा राखे तर पाटी एकता लामो समय सम्म टिक्न सकेन । केपी ओलीलाई प्रधानमन्त्री बनाए । ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिलाउ...
गायिका संगीता सिवाकोटीको तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका संगीता सिवाकोटीको तीज गीत‘मै घुमे फनफनी’सार्वजनिक(भिडियो)

काठमाण्डौ : गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमे फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ भने गायनमा सिवाकोटिलाई पनि स्वरमा साथ दिएका छन । चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको र मिक्सिङ मास्टरिङ्ग एच बी एन किस्मतको गीतलाई बिमल छिनालले रेकर्डिङ गरेका हुन । https://www.youtube.com/watch?v=ivgdxdyMRaI शिब बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको बेजोड अभिनय तथा न्रित्य देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छांयाकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई एट के एभरेष्ट मोशन पिक्चर्सको अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको छ ।...
इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु

इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ । इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।...
भारतमा २९ हजार संक्रमित थपिए, मृत्यु दर घट्दै
अन्तर्राष्ट्रिय, समाचार

भारतमा २९ हजार संक्रमित थपिए, मृत्यु दर घट्दै

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।   भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७२ जनाको मृत्यु भएको छ । यसअघि भारतमा एकैदिन ५ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ ।   पछिल्लो २४ घण्टामा २९ हजार ४२४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३८ हजार ३२५ जना कोरोना संक्रमित थपिएका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ७३ हजार जना पुगेको छ । यस्तै हालसम्म ३ करोड ३ लाख ४६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरि...
घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै
समाचार, समाज

घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ जना सांसदमाथि कारवाहीकाे निर्णय हुने
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ जना सांसदमाथि कारवाहीकाे निर्णय हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदमाथि कारवाही गर्ने विषयमा छलफल हुने बताइएको छ। वरिष्ठ नेतासहित २२ जना सांसदलाई सोमबार बसेको केन्द्रीय कमिटीले बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। लामो समयदेखि अन्तरसंघर्ष जारी रहेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  साेमबारकाे केन्द्रीय कमिटी बैठकलाइ सम्वाेधन गर्दै नेता नेपाललाई एमाले प्रवेश निषेध भएको संकेत गरेका छन्। प्रधानमन्त्रीमा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल समूहप्रति अहिले संस्थापन पक्ष थप रुष्ट बनेको छ। आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री रहेको सरकारलाई अपदस्त गरी विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन ‘धोक...