Monday, November 23

समाचार

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला
मनोरन्जन, समाचार

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो । नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आय...
टोखा शिवपुरिको लघु जलबिधुत परियोजना शिलान्यास
मनोरन्जन, समाचार

टोखा शिवपुरिको लघु जलबिधुत परियोजना शिलान्यास

काठमाडौं १६ जेष्ठ  समुत्थान्शील बस्तीको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा दुई चरणको कार्यक्रम गरि नुवाकोट शिवपुरी गाँउ पालिका वडा न.७ मा शेयर प्रमाण-पत्र वितरण तथा तीन वटा शिलान्यास (लघु जलबिधुत परियोजना, फल्चा, ढुंगे धारा ) कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा सम्पूर्ण सदस्यहरुलाई विशिष्ट अतिथि टोखा संस्कृतिका मूल नायो हेमराज श्रेष्ठले संस्थाको शेयर प्रमाण-पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमका सभापति मनिराज डंगोलले उक्त कार्यक्रमको औचित्य प्रस्तुत गर्नुका साथै आज गणतन्त्र दिवसको उपलक्षमा सबैमा शुभकामना दिनु हुँदै समृद्धिको स्रोत पहिचान, संरक्षण र निर्माणको लागि आज शिलान्यास गरेका हौ भन्नुभयो । सुखी नेपाली र समृद्ध नेपालका लागि उक्त कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँ पालिकाका वडान.७ का अध्यक्ष बिर बहादुर तामांगले ३ वता परियोजनाको ब्यानरमा हस्ताक्षर गरि शिलान्यास गर्नु भय...
ब्राण्ड एमबेस्डरमा रुपाखेती, केसी र हमाल
मनोरन्जन, समाचार

ब्राण्ड एमबेस्डरमा रुपाखेती, केसी र हमाल

काठमाडौं १६ जेष्ठ  नेपालमा कृषि र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस के.सी., लोकप्रिय हास्य कलाकार एवं निर्देशक दमन रुपाखेती र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् । नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय रुपमा लागिपरीरहेका नायक के.सी. ले खतरनाक, वादशाह, लाले, दानव जस्ता ठुलोेपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरेर दर्शकमाझ प्रस्तुत भइसकेका छन् । अभिनय, कला र संगीत मार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता सामक्ष उजागर गरिरहेका नायक के.सी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छ...
लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न
शिक्षा, समाचार, समाज

लुभु मन्टेश्वरी हाेमकाे पहिलाे दिक्षान्त समाराेह सम्पन्न

ललितपुर, जेष्ठ १५  महालक्ष्मी नगरपालिका-८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ । सो कार्यक्रममा प्रिन्सिपल दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । साथै अतिथिका रुपमा लुभु मन्टेश्वरी होमका सल्लाहकार उन्नत श्रेष्ठ, बाबुशरण महर्जन, रत्न राज्यलक्ष्मी क्याम्पसका नेवा: विद्यार्थी युनियनका अध्ययक्ष रीदेन महर्जन, संगीतकार इन्द्रमान महर्जन, नेवा: सांगितिक क्षेत्रमा नेवार रक स्टारका नामले चर्चित ज्याक महर्जन, मचाराजा महर्जन गायिका प्रज्ञा श्रेष्ठ, किशना महर्जन तथा सबिना मानन्धरले आ–आफ्नो सांगितिक प्रस्तुत गर्नुका साथै युकेजी पास भएका विद्यार्थीहरुले अतिथिहरुले दिक्षित हुनु भएका विद्यार्थीहरूलाई मेडेल वितरण गरेर सम्मान गरिएको थियो । विद्यार्थीहरूका अभिभावकको समेत उपस्थित रहेकाे ...
सगरमाथा आधार शिबिरमा अमेरिकी बैज्ञानिक सम्मीलित बिचार गोष्ठी सम्पन्न
विज्ञान विविध, समाचार, समाज

सगरमाथा आधार शिबिरमा अमेरिकी बैज्ञानिक सम्मीलित बिचार गोष्ठी सम्पन्न

विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धि बिचार गोष्टि सम्पन्न भएको छ। सगरमाथा दिवसको अवसरमा सगरमाथा कै आधार शिबिर ५३६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनु भएको थियो। विश्व भर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परि रहेको छ। ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ। कतिपय विज्ञहरुले पाच वर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेपण...
हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को  दिन
राजनीति, विचार, समाचार

हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन

-डा.डिआर उपाध्याय, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् । तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएका छैनन् । गणतन्त्र भनेको नागरिकलाई सर्वाधिकारसम्पन्न बनाएर राज्यको निर्णायक तहसम्म स्थापित गराउने एउटा सर्वोकृष्ट प्रणाली हो । नेपालको ऐतिहासिक विकासक्रममा यो एउटा महत्त्वपूर्ण दिन हो । त्यसैले यस दिनको स्मृति र सम्मानमा हामी बर्सेनि गणतन्त्र दिवस मनाउँदै आइरहेका छौं । आज ...
बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न
अर्थ/व्यापार, समाचार

बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न

काठमाडौं- कपन स्थित खरिबोटमा रहेको बाटिका मन्टेश्वरीमा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको उक्त मन्टेश्वरीमा अध्ययनरत सा साना विद्यार्थीहरुका लागि स्वास्थ्य परिक्षण गरिएको हो । पुतलीसडकमा रहेको डिजी मेडिकल एण्ड हेल्थ केयरका मेडिकल डाईरेक्टर डा.निरन्जन श्रेष्ठ लगायत वरिष्ठ स्वास्थ्यकर्मीको टिमले करीब ४५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै ल्याबको सुविधा समेत प्रदान गरेको थियो । २०७२ सालमा स्थापना भएको उक्त मन्टेश्वरीले प्रत्येक वर्ष वरिष्ठ चिकित्सकहरुबाट वालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधोपचारको समेत व्यबस्था गराउदै आएको छ । छोटो समयमा अभिभावक तथा वालवालिकाको रोजाईमा पर्न सफल बाटिका मन्टेश्वरीले सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्दै आएको छ । पूर्ण पारिवारीक वातावारणमा संचालित उक्त मन्टेश्वरीले वालवालिकाको...
फेसियल हाउसकी प्रमुख वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान
अर्थ/व्यापार, समाचार

फेसियल हाउसकी प्रमुख वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान

जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच महरालाई सम्मान गर्नु भएको हो। सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सिन...
‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।...
सुरेन्द्र बसेलको ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र बसेलको ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन । थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ । पाटन दरबार स्क्वायरको मनमोहक दृश्य कैद गरिएको यस् भिडियोमा छाँयाकन दिनेश पराजुली र सम्पादन तथा कलरिङ्ग नबिन निर...