नयाँ वर्षलाई स्वागत गर्दै छैठौं भक्तपुर मेलामा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने
काठमाण्डौँ, चैत्र २९
ग्यालेक्सी दैनिक
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को चैत्र ३० गते बुधबार चर्चित गायकहरु शिब परियार, हरि कर्माचार्य(गुल्मी गाइज) भोजराज काफ्ले, महेश मुखिया, हास्य कलाकार सुजित थापा(डेविड), गायिका सरिता भारती, डान्सर रेवान सापकोटा र गायक सुमन कुमार श्रेष्ठका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।
त्यस्तै आज २९ गते सोमबार चर्चित गायक रोज मोक्तान, गायक रवि रिमाल, गायिका एलिना चौहान , गायिका तथा कुशल उद्घोषिका राशी रिजाल, गायक सुमन कुमार श्रेष्ठ, र्यापर सरोज वाग्ले, आयुष अधिकारी, बाल र्यापर आश्रय रिमाल लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए ।
लगभग १० दिन चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा नकआउट राउण्ड सुरु भईसकेको छ भने...










