प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा
प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । वरिष्ठ अभिनेता नीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकिने जा...










