Saturday, November 21

Author: Galaxy Dainik

विश्व शान्ति, विकास र कूटनीतिक योगदानकर्तालाई मनिलामा सम्मान गरिने
मनोरन्जन, समाचार

विश्व शान्ति, विकास र कूटनीतिक योगदानकर्तालाई मनिलामा सम्मान गरिने

काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । “नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा मात्रै...
गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको  ‘तस्बिर’ सार्वजनिक
मनोरन्जन, समाचार

गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको ‘तस्बिर’ सार्वजनिक

एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रतिभाशाली संगीतकार राजकुमार तामाङ केही वर्षअघि दुर्भाग्यवश भएको दुर्घटनाका कारण दर्शकसामु आफ्नो संगीत प्रस्तुत गर्न सक्नुभएन। तर, लामो संघर्ष र स्वास्थ्य सुधारको यात्रापछि, उहाँ फेरि एकपटक नयाँ उमङ्गका साथ आफ्ना सिर्जनात्मक धुनहरू लिएर दर्शकमाझ फर्किनुभएको छ। अब उहाँको स्वास्थ्य अवस्था सामान्य बनेको छ र संगीतप्रतिको त्यो पुरानै उत्साह, जोश र समर्पणसहित पुनः सक्रिय हुनुभएको छ। यसपटकको पुनरागमनलाई अझ विशेष बनाएको छ—गायक प्रश्ना धमलाको साथमा उहाँले “तस्बिर” बोलको गीत लिएर दर्शकमाझ पुनः प्रवेश गर्नुभएको छ। मार्मिक शब्द र भावनात्मक धुनले सजिएको “तस्बिर” गीतले जीवनका उतार–चढाव, सम्झना र बिछोडलाई स्पर्श गर्नेछ भन्ने अपेक्षा गरिएको छ। यस गीतमार्फत दर्शकहरूले राजकुमार तामाङ र प्रश्ना धमला दुवैलाई पहिलेझैँ मात्र होइन, अझ परिपक्व...
महाकाव्यकार खेमनाथ दाहालको र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको  ‘लालीगुराँसको साटो…’ सार्वजनिक
मनोरन्जन, समाचार

महाकाव्यकार खेमनाथ दाहालको र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको ‘लालीगुराँसको साटो…’ सार्वजनिक

काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’ भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ । मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचनस्थल बनेन, बरू साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो । गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो-साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धुनले उपस्थितलाई केवल गीतमात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो । समारोहमा प्रमुख अतिथि प्राडा.शैलेन्द्रु प्रकाश नेपालले गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गर्नुभएको थियो । उहा...
चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’(भिडियो)
मनोरन्जन, समाचार

चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’(भिडियो)

गायक तथा संगीतकार चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार लोकराज अधिकारी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायत अतिथिहरूले सामूहिक रूपमा उक्त गीति संग्रहको विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि संगीतकार सिंहले चेतनलाई बहुमुखी प्रतिभाशाली कलाकारको रूपमा परिचित गराउँदै आगामी दिन अझ उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । गीतकार अधिकारीले करिब तीन दशकअघि चेतनसँगको भेट स्मरण गर्दै त्यतिबेलादेखि नै उहाँ लेखन, संगीत र गायनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले हालै दुई गीतमा चेतनसँग सहकार्य भएको जानकारी पनि दिनुभयो । कीर्तिमानी संगीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्ने अवसर पाएको उल्लेख गर्दै, बाहिर बढी देखाउन नचाहने तर निरन्तर कर्ममा लागिरहने उहाँ कुशल संगीतकर्मी भएको जिकिर गर्नुभयो...
गायक युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)

काठमाडौं — लोकप्रिय गायक युवराज छन्त्याल ले नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक गरेका छन्। मौलिक लोकधुनमा तयार गरिएको यस गीतमा देवी घर्ति, कुसुम थापा, नबिन र सगुनले समेत स्वरमा साथ दिएका छन्। गीतले म्याग्दी खोलाको सौन्दर्य, गाउँघरको जीवनशैली र प्रेमको भावनालाई चित्रण गरेको छ। छन्त्यालको दमदार स्वर र सहगायक–गायिकाको सुमधुर प्रस्तुतीले गीतलाई अझ आकर्षक बनाएको छ। भिडियोमा देखाइएका दृश्यहरूले पहाडी संस्कृति र प्राकृतिक सुन्दरतालाई उजागर गर्दै दर्शकलाई गाउँघरको माहोलमा डुबाइदिन्छ। संगीतसहितको प्रस्तुतीले नेपाली लोक संगीतमा नयाँ स्वाद थपेको छ भने दर्शक–श्रोता बीच छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउन थालेको छ।...
सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्। लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्। हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी ” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ l सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।...
लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज
मनोरन्जन, समाचार

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,...
प्रधानमन्त्री कार्कीको दृढ नेतृत्वमा, समिर लामाको सक्रिय सहभागिता अपरिहार्य
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीको दृढ नेतृत्वमा, समिर लामाको सक्रिय सहभागिता अपरिहार्य

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ । आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक ...
औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष
अर्थ/व्यापार, समाचार

औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चेम्बरले ...
थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड,नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान
समाचार, समाज

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड,नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो । समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहरूलाई स...