अगष्ट ९ मा सांसद ज्ञानेन्द्र शाहीसंग न्युयोर्कमा “मिट एण्ड ग्रिट” हुदै
न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्।
आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रियता,...










