Friday, November 20

खेलकुद

युरो कपः क्वार्टरफाइनलका खेल आजबाट
खेलकुद, समाचार

युरो कपः क्वार्टरफाइनलका खेल आजबाट

युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ को बराबरी गरेको थियो। जहाँ किलियन एम्बाप्पे पेनाल्टीमा चुकेसँगै स्विट्जरल्यान्डले फ्रान्सको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले पन्छाउँदै क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो। विश्वविजेतालाई हराएसँगै स्विट्जरल्यान्ड उच्च मनोबलका साथ स्पेनविरुद्ध मैदान उत्रनेछ। सन् १९३८ को विश्वकपपछि स्विट्जरल्यान्डले प्रमुख प्रतियोगिताको नकआउट चरणमा हात पारेको यो नै पहिलो जित थियो। ३–१ ...
सानदार जित निकाल्दै युक्रेन क्वाटरफाइनलमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै युक्रेन क्वाटरफाइनलमा

 गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा युक्रेनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युक्रेनले स्वीडेनलाई २-१ गोलले पराजित गरेको हो ।  उक्त खेलको २७ औं मिनेटमा युक्रेनका ओलेक्जान्दर जिन्चेन्कोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गरे ।   ९९ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटियो । खेलको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गर्दै युक्रेनलाई जित दिलाए । जितसँगै युक्रेन क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।...
जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा
खेलकुद, समाचार

जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा

युईएफए युरो २०२० फुटबलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न नकआउट चरणको सातौं खेलमा  उपाधि दाबेदार जर्मनीलाई २ – ० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ र ह्यारी केनले एक एक गोल गरे। स्ट्रलिङले दोस्रो हाफको ७५ औं मिनेटमा लुक शले उपलब्ध गराएको पासमा गोल गर्दै घरेलु टोलि इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए। निर्धारित समयको अन्तिम अर्थात ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २ – ० को जित दिलाए। केनले ज्याक ग्रेलिसको सुन्दर पासमा हेडर गोल गरेका हुन। खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टिमले गोल गर्ने धेरै अवसर सिर्जना गर्न सकेनन। दुवै टिमले डिफेन्सिभ खेल खेलेका कारण पहिलो हाफ गोलरहित बरारीमा...
कोपा अमेरिका : मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित
खेलकुद, समाचार

कोपा अमेरिका : मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो । उक्त खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले उक्त खेलमा अर्जेन्टिनाका लागि दुई गोल गरे । खेलको छैटौं मिनेटमा अर्जेन्टिनाका अलेजान्ड्रो गोमेजले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पेनाल्टीमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४२ औं मिनेटमा मेस्सीले नै गोल गरे ।  त्यसपछि खेलको ६० औं मिनेटमा बोलिभियाका साभेड्राले गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । जितसँगै समुह ए मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्नेछ । ...
युरोपेली च्याम्पियनसिप : फ्रान्समाथि स्विट्जरल्यान्डको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : फ्रान्समाथि स्विट्जरल्यान्डको जित

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्विट्जरल्यान्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पराजित गरेको हो ।  उक्त खेलमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फ्रान्समाथि स्विट्जरल्यान्डले ५-४ गोलको जित निकालेको हो । जितसँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।  उक्त खेलमा फ्रान्सका बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गर्दै टिमलाई अग्रता दोब्बर पारेका थिए ।   स्विट्जरल्यान्डले अब क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । ...
सानदार जित निकाल्दै पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा

सोमबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा पेरुले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा पेरुका आन्द्रे क्यरिलोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८ औं मिनेटमा गोल गरी पेरुलाई जित दिलाए ।  जितसँगै पेरु अन्तिम आठमा पुगेको छ । यससँगै पेरुको ४ खेलमा ७ अंक छ भने भेनेजुएलाको २ अंकसहित पाँचौ स्थानमा  छ । ...
नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा
खेलकुद, समाचार

नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा चेक रिपब्लिकले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गरेको हो ।  उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलको ६८ औं मिनेटमा चेकका टोमस होलेसले गोल गरी टिमलाई अग्रता दिलाए ।  त्यसपछि खेलको ८० औं मिनेटमा चेकका प्याट्रिक सिकले चेकले गोल गरी टिमलाई अग्रता दोब्बर पारे ।  जितसँगै चेक युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । ...
पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
खेलकुद, समाचार

पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा बेल्जियमले सानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बेल्जियम साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्यो । यसअघिका खेलमा बेल्जियमलाई पराजित गरेको पोर्चुगलले गए रातिको खेलमा जित निकाल्न कठिन भयो । बेल्जियमको डिफेन्स निकै बलियो भएको कारण पोर्चुगलले गोल गर्ने मौका पाएन । खेलको पहिलो हाफमा नै बेल्जियमका थोर्गन हाजार्डले गोल गरे । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार पोर्चुगलका गोलकिपरले समात्न सकेनन् ।  २५ औं मिनेटमा रोनाल्डोले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । ५४ औं मिनेटमा पनि रोनाल्डोले प्रहार गरेको बल डिफेन्डर थोमस भर्मालेनले रोके । जितसँगै बेल्जियम युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।  ...
सानदार जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश
खेलकुद, समाचार

सानदार जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गरेको हो ।  जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको २७ औं मिनेटमा डेनमार्कका डोलबर्गले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।  त्यसपछि डेनमार्कका दुई खेलाडीले गोल गरी टिमलाई जित दिलाए । जितसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।...
संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा
खेलकुद, समाचार

संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले अष्ट्रियालाई पराजित गरेको हो । उक्त खेलको अन्तिम समयसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ गोलको जित निकाल्यो ।  खेलको ९५ औं मिनेटमा  इटालीका वैकल्पिक खेलाडी फेडेरिको किएजाले गोल गरे । त्यसपछि अतिरिक्त समयको १ सय ६ औं मिनेटमा डोनारुम्माले गोल गरे । त्यसपछि खेल सकिन ५ मिनेट बाकीँ रहदा इटालीका फरवार्ड सासा कालाज्डिचले गोल गे ।  जितसँगै इटाली क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ ।  ...