Friday, November 20

खेलकुद

कोपा अमेरिका : ब्राजिलको सानदार जित
खेलकुद, समाचार

कोपा अमेरिका : ब्राजिलको सानदार जित

कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गरेको छ । उक्त खेलमा ब्राजिलका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले एक एक गोल गरे ।  यस्तै कोलम्बियाका लागि लुइस ड्यासले एक गोल फर्काए । उनले खेलको १० औँ मिनेटमा गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो । त्यसपछि केही बेर खेल रोकिएर शुरु भएको थियो । जितसँगै ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।...
जर्मनी युरोकपको नकआउट चरणमा पुग्यो
खेलकुद, समाचार

जर्मनी युरोकपको नकआउट चरणमा पुग्यो

ईएफए युरोकप २०२० फुटबलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एलियान्ज अरिनामा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २ – २ गोलको बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको हो। जर्मनीका लागि काई हार्भटेज र लियोन गोर्टेज्काले एक एक गोल गरे। हंगेरीका लागि कप्तान एडम सजलाई र आन्द्रेस सेफेरले एक एक गो फर्काए। प्रतिस्पर्धात्मक बनेको खेलमा हंगेरीसँग बराबरीको नतिजा निकाल्न जर्मनलाई ठूलो संघर्ष गर्नुपर्यो। दुई पटक हंगेरीले अग्रता बनाए पनि अग्रतालाई कायम राख्न सकेन। पहिलो हाफको ११ औं मिनेटमा कप्तान एडम सजलाईले उत्कृष्ट गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसको दुई मिनेट पछि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम ...
क्रोएसिया युरोकपको नकआउटमा
खेलकुद, समाचार

क्रोएसिया युरोकपको नकआउटमा

क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार बिहान स्कटल्याण्डलाई ३-१ गोलले हराउँदै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।...
युरोपेली च्याम्पियनसिप : रसियामाथि डेनमार्कको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : रसियामाथि डेनमार्कको जित

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले रसियालाई ४-१ गोलले पराजित गर्यो । जितसँगै डेनमार्क अन्तिम १६ मा रहदै नकआउट चरणको यात्रा तय गरेको छ ।  कोपेनहेगनको पार्केन रंगशालामा भएको उक्त खेलमा ७ औं मिनेटमै डेनमार्कले अग्रता लियो । उक्त गोल मिकेल डाम्सगार्डले गोल गरे।  त्यसपछि दोस्रो हाफमा ५९ औं मिनेटमा डेनमार्कका युसुफ पौलसेनले गोल गरी टिमलाई अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७० औं मिनेटमा रसियाका खेलाडीले पेनाल्टीमा गोल गरे ।  त्यसपछि ७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गरे । त्यसपछि खेलको ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गरी डेनमार्कलाई जित दिलाए । ...
युरोपेली च्याम्पियनसिप, इटालीको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप, इटालीको जित

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको हो ।  उक्त खेलको ३९ औं मिनेटमा इटालीका म्याटियो पेस्सिनाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दुवै टिमले गोल गर्ने मौका पाउँदा पनि गर्न सकेनन् ।  जितसँगै इटाली समूहको अन्तिम चरणको खेल समाप्त भको छ भने ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । ...
कोपा अमेरिका : उरुग्वेमाथि अर्जेन्टिनाको जित
खेलकुद, समाचार

कोपा अमेरिका : उरुग्वेमाथि अर्जेन्टिनाको जित

शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो ।  अमेरिका कपको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको थियो । उक्त खेलमा अर्जेन्टिनाका लागि गुइडो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए । त्यसपछि पहिलो र दोस्रो हाफमा दुवै टिमले मौका पाउँदा पनि गोल गर्न सकेनन् । खेलको ८ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट हानेको बल रुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिदै बचाए ।  जुन पल निकै रोमान्चक थियो । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलमा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने उरुग्वे चौथो स्थानमा रहेको छ । ...
फ्रान्ससँग जर्मनी पराजित
खेलकुद, समाचार

फ्रान्ससँग जर्मनी पराजित

गए राति युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत भएको खेलमा फ्रान्सले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा जित निकाल्न फ्रान्सले गोल गर्न नै परेन ।  जर्मन डिफेन्डर म्याट्स हमल्सले आफ्नै पोष्टमा गोल गरे । उनले खेलको २० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट कुनै गानेल हुन सकेन ।  ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रबाट हान्दा पनि गोल हुन सकेन । ५२ औं मिनेटमा पनि गोल अवसर चुक्दा फ्रान्स बराबरी हुनबाट रोकियो ।  जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । अंकविहिन जर्मनी पुछारको दुई स्थानमा रहेको छ।...
युरोकप फुटबल आजबाट सुरु हुँदै
खेलकुद, समाचार

युरोकप फुटबल आजबाट सुरु हुँदै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुने भएको हो । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरहरु लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।...
फिफा विश्वकप छनोट : नेपाल पराजित
खेलकुद, समाचार

फिफा विश्वकप छनोट : नेपाल पराजित

गए राति फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो ।  उक्त खेलको २३ औं मिनेटमा जोर्डनका फैसनले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको ४८ मिनेटमा फैसनले नै अर्को गोल गरे । त्यसपछि खेलको ६७ मिनेटमा जोर्डनका अबोउ अल अरबले गोल गरे ।  समूह बी ६ अंक जोड्दै चौथो स्थानमा रहेको नेपालले अब एक खेल खेल्न बाकीँ छ । अब नेपालले अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। ...
विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै
खेलकुद, समाचार

विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनसँग खेल्दैछ ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ । खेल सोमबार राति पौने १० बजे शुरू हुनेछ ।  यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज प्रतिस्पर्धा  गर्ने टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । ...