Saturday, November 21

मनोरन्जन

टिकाको ‘मनका रङ्गहरू’ र ‘सन्तानको माया’
मनोरन्जन, समाचार

टिकाको ‘मनका रङ्गहरू’ र ‘सन्तानको माया’

काठमाडौं १९ माघ ग्यालेक्सी दैनिक गीतकार, साहित्यकार टिका भट्टराई नेपालको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच गीतिसंग्रह ‘मनका रङ्गहरू र ‘सन्तानको माया’गीतको भिडियो सार्वजनिक गरिएको छ । विशिष्ट कलाकार लय सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिहरूमा प्राज्ञ सभासदस्य सुभद्रा भट्टराई अर्याल, पबन राजवंशी, साहित्यकार चन्द्र भण्डारी, हास्य अभिनेता उत्तम केसी नेपाल रहनु भएको थियो । कार्यक्रममा प्रमुखअतिथि र अन्य अतिथिहरूले टिकाको कृतित्व र व्यक्तित्वका वारेमा प्रकाश पार्दै स्रष्टा भट्टराईलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभापतिको आसनबाट आफ्ना मन्तव्य राख्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा प्रमुखअतिथि, विशिष्ट अतिथि तथा कलाकारलाई मायाको चिनो प्रदान गरिएको...
लक्ष्मणको ‘कहाँ खोजुँ’
मनोरन्जन, समाचार

लक्ष्मणको ‘कहाँ खोजुँ’

काठमाडौं १९ माघ ग्यालेक्सी दैनिक राष्ट्रिय भावको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीति लेखनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लक्ष्मण बानियाँको शब्द, संगीत रहेको ‘कहाँ खोजुँ’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको हो । गीतमा सुरेश बजगाईंको स्वर, दिक्षीत पौडेलको एरेन्ज रहेको छ । https://youtu.be/3La6mABWX4w...
फागुन २७ र २८ मा मच्छेगाउँमा ‘बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७८’ हुने
मनोरन्जन, समाचार

फागुन २७ र २८ मा मच्छेगाउँमा ‘बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७८’ हुने

काठमाडौं, माघ १९ ग्यालेक्सी दैनिक कोभिडका कारण विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको समयमा आगामी फागुन २७ र २८ गते 'बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७८’ हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष रमेश शाहीका अनुसार बिगत वर्षहरुमा जस्तो यसपटक लाखे नाच भने हुने छैन । कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं ९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा हुने छ । त्यसबेलासम्म कोभिडको त्रास न्यून हुने विश्वास लिई उत्साहका साथ कार्यक्रमको तयारीमा जुटेकोे अध्यक्ष शाहीले बताए । कार्यक्रममा विभिन्न जातजातीका प्रस्तुतिहरूका साथै लोकप्रिय गायक, गायिकाहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने जनाईएको छ । कार्यक्रम नेपाल साँस्कृतिक कला मन्दिरले आयोजना गरेको हो ।...
दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

गायक दिपेन गुरुङ ‘एकेए बबाल’ र्‍याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र निर्देशन गरिसक्नु भएका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ । म स्वतन्त्र भइ बाच्न चाहन्छु, मलाई स्वतन्त्र छोडिदेउ भन्ने भाव रहेको गीतको भिडियोमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ । गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ । दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्‍याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताउनुभयो ।...
अञ्जु र शिवको मर्मस्पर्शी गीत ‘आँसु पिउदै’ सार्बजनिक
मनोरन्जन, समाचार

अञ्जु र शिवको मर्मस्पर्शी गीत ‘आँसु पिउदै’ सार्बजनिक

काठमाण्डौं, माघ १८  ग्यालेक्सी दैनिक अञ्जु पन्त र शिव परियारको स्वरमा सजियको मर्मस्पर्शी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । https://youtu.be/oxHcpOTGoN8...
अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका
मनोरन्जन, समाचार

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका

काठमाण्डौं, माघ १७  ग्यालेक्सी दैनिक पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् । यसैगरी अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ । चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन...
‘बलेको आगो’मा धुर्ब र रोशनाको प्रेमपीडा र असमझदारी
मनोरन्जन, समाचार

‘बलेको आगो’मा धुर्ब र रोशनाको प्रेमपीडा र असमझदारी

काठमाण्डौं, माघ १७  ग्यालेक्सी दैनिक गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् । आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त,रोशना कार्की र दुर्गा सिंहको अभिनय छ । प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् । https://youtu.b...
लेखराज गिरीको ‘नुनको भारी’को पोस्टर सार्वजनिक
मनोरन्जन, समाचार

लेखराज गिरीको ‘नुनको भारी’को पोस्टर सार्वजनिक

काठमाण्डौँ, माघ १४  ग्यालेक्सी दैनिक लेखराज गिरीको ‘नुनको भारी’ नामक भिडियोको पोस्टर सार्बजनिक गरिएको छ। उक्त गीतमा दुर्गमको बास्तबिकता चित्रण गरिएको अनुमान गर्न सकिन्छ। समिक्षा फिल्मको ब्यानरमा निर्माण भएको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भएको कम्पनीका अध्यक्ष अर्जुन डोटलले जानकारी दिएका छन् । बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो यहि माघ २१ गते सार्बजनिक गरिने बताइएको छ । भिडियोमा कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । बिनयराज पौडेलको निर्देशनमा डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन् । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका छन् भने रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न् ।...
सासको ‘सिन्धुलिगढी’
मनोरन्जन, समाचार

सासको ‘सिन्धुलिगढी’

काठमाण्डौं, माघ ११  ग्यालेक्सी दैनिक बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र "सिन्धुलीगढि" को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो । सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण गर्ने चलचित्रमा लेखन निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने मुख्य कलाकारहरु अडिसन प्रकृयाबाट छनोट भैरहेका छन । सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्नेछन । जसका लागी चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ । हिन्दी, अङ्ग्रेजी भाषामा पनि डब गरिने ऐतिहासिक 'सिन्धुलीगढी'को कुल लागत नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै उच्च रहने छ भने सो को जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ ।  ...
अग्रज लोकगायक रामप्रसाद खनालको ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

अग्रज लोकगायक रामप्रसाद खनालको ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

काठमाण्डौं, माघ ११ ग्यालेक्सी दैनिक अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ । गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिनय गरेका छन्, भने उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । गीतले हरेक श्रीमान् र श्रीमतीलाई पारिवारिक कलहको बिषयमा सम्झाएर कहल कम गर्न मद्दत गर्र्ने बिश्वास आफुले लिएको गायक खनालले बताए । ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भन गर्ने छ’ खनालले भने । भिडियो निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेका हुन् । राजु केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको भिड...