Friday, November 20

राजनीति

देशको बिकास हुन नसकेको कारण के हो ?
राजनीति, समाचार

देशको बिकास हुन नसकेको कारण के हो ?

-डा.डिआर उपाध्याय, अव राजनीतिक दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । सवै भन्दा ठूलो कुरा के हो भने इमान्दारीता हो । हाम्रो देशमा नेताहरु इमानदार र पारदर्शी बन्न सकेका छैनन् । जसले जे सुकै भनोस् अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । अव नेताहरुको आचरण र व्यवहारमा परिवर्तन आउन जरुरी छ । जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने यो स्थिती छ । यसरी देशको भबिश्य निर्माण गर्न सकिदैन । अव गम्भिर भएर सवैले सोच्ने बेला आएको छ । जनताको बिश्वास माथि कसैले पनि खेलवाड गर्ने काम गर्नु हुदैन । जनताको विश्वास जित्न इमानदारीता, पारदर्शीता र निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशको भाग्य र भबिश्य निर्माण गर्न सक्छ । देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन इमान चाहिन्छ । कुराले मात्र देश बनाउन सकिदै...
प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक
राजनीति, समाचार

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् । तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार...
प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।  बैठक आज दिउँसो ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै आज बस्ने बैठकको कार्यसूची बारे जानकारी गराएका छन् ।  आजको कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र पढेर सुनाउने र केही शोक प्रस्ताव पारित गर्ने रहेको छ ।  यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।  गत मंगलबार प्रधानमन्त्री मा नियुक्त भएका शेरबहादुर देउवाले  साउन २९ भित्र संसदको चालु अधिवेशनमै विश्वासको मतसमेत लिनुपर्ने हुन्छ ...
माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ
राजनीति, समाचार

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक...
अव नेताहरु अव गम्भिर बन्नु पर्छ :डा.डिआर उपाध्याय
राजनीति, समाचार

अव नेताहरु अव गम्भिर बन्नु पर्छ :डा.डिआर उपाध्याय

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुकै दिनमा कोभिडविरुद्ध सबै नेपालीलाई खोप लगाउने निर्णय गरेका छन् । अहिले सबै नेपालीको प्रमुख चाहना भनेकै कोरोनाविरुद्धको खोप लगाउनुमा रहेको छ । देउवा आम नेपाली जनताका आशाका केन्द्र बनेका छन । मलाई मन पर्ने नेता शेर बहादुर देउवा हुन । किन भने उनी अरु नेता भन्दा इमान्दार छन । देउवा अनुभवी प्रधानमन्त्री पनि हुन । उनी नेपाली जनतालाई राम्रो ख्याल गर्छन । देउवा लप्पन छप्पन नभएका नेता हुन । उनी पढे लेखेका नेता हुन । उनी औठा छाप होइनन् । मुलुक औठा छापले चल्दैन । उनी बढी मिडियामा आउन चाहादैनन् । देउवा जे बोल्छन त्यो गर्छन । यो कुरा म बुझेको छु । ओली राजको अन्त्य भएको छ । ओली अहंकारी थिए । त्यही अहंंकारीले ओली सकिए । ओली सकिनु पर्दथ्यो सकिए ठिक भो । जनताले ओली मन पराएका थिएनन् । उखान टुक्काले देश चल्दैन । देश बनाउन भिजन चाहिन्छ । ओल...
प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै
राजनीति, समाचार

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानिलकण्ठमा बस्दै आएका देउवा आज सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटार छाडेर निवास बालकोटमा सरेका छन् ।...
कांग्रेसको पदाधिकारी बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने
राजनीति, समाचार

कांग्रेसको पदाधिकारी बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । बिहिबार दिउँसो बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित गरिएको हो ।   अब अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने बताइएको छ । १४औँ महाधिवेशन, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । यसअघि कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण  र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भइसकेका छन् । यस्तै मन्त्री कार्कीले सरकारको प्रवक्ताको म्मिेवारी पनि पाइसकेका छन् ।  यस्तै शुक्रबारको बैठकमा महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवादबारे पनि छलफल हुनेछ । १४औँ महाधिवेशन आउँदो १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । ...
युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा  सन्जय सिलवाल मनोनित
राजनीति, समाचार

युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा सन्जय सिलवाल मनोनित

बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरी एउटा नयां यात्रा थाल्न नेपाली कांग्रेस पार्टीले युवाहरुलाई नविन श्रोतका रुपमा लिएको छ । नेपाली कांग्रेस धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाललाई नेपाली कांग्रेस तरुण विभाग युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्य मनोनित दिईएको छ । धादिङ्गमा आफ्नो छुटै पहिचान बनाउन सफल मिलनसार स्वभाव भएका सन्जय सिलवाललाई यो पद दिदा धादिङ्ग लगायत देशका युवाहरुको नयां जोश थपिएको छ ।  ‘कामको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठुला ठुला राजनितिक परिवर्तनहरु युवाहरुबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर मलाई दिनुभएको जिम्मेवार मन वचन र कर्मले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवाहरुका सुखदुखको साथी बन्ने संकल्प गर्दछु’ उनी भन्छन ।...
झलनाथ–माधवले सरकारलाई जोगाउनु पर्छ
राजनीति, समाचार

झलनाथ–माधवले सरकारलाई जोगाउनु पर्छ

-डा.डिआर उपाध्याय, अवसर र चुनौती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन संगै देउवा सामु अवसर भन्दा चुनौति बढी तेर्सिएका छन । अव देउवाले चुनौतिलाई कसरी सामाना गरेर अघि बढछन त्यो भने हेर्न बाँकी छ । समय र परिस्थितिले देउवालाई प्रधानमन्त्री बनाइदियो । भाग्यमा भए पछि कस्को के लाग्छ र । नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । देउवाले पनि नसोचेको परिणाम हात परेको छ । अब, देउवाले सवैलाई मिलाएर लैजाने कौशलता देखाउनु पर्छ । परिस्थिति अनुसार उनले हिजो प्रधानमन्त्रीको शपथ लिएका छन । देउवाको सामु तेर्सिएको पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि एमालेभित्रको झलनाथ–माधव समूहको बिश्वास जित्नु पर्ने हुन्छ । त्यो नै महत्वपूर्ण कुरा हो । य...
देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
राजनीति, समाचार

देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्। देउवाले आजै सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको निर्णय अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्। सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो। विपक्षी गठबन्धनको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्ने भएको छ। संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।...