Monday, November 23

समाचार

गायकको सुगम पोखरेलको गीतमा राज र श्वेताको अभिनय
मनोरन्जन, समाचार

गायकको सुगम पोखरेलको गीतमा राज र श्वेताको अभिनय

काठमाण्डौ, पुष १२ ग्यालेक्सी दैनिक गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’को भिडियोसहित सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेश्वर तुलाधरको एरेन्ज रहेको छ । गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र स्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन् । एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिदै आएका छन् । भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् । प्रदीप गन्धर्वको छायाँकन, श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन् । भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन भएको हो । https://youtu.be/hTI7U6ju3p0...
गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ । नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु वोकेको सर्टमुभीको गीतको शव्द स्नेहा शाहको रहेको छ...
शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)
मनोरन्जन, समाचार

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।...
फेसियल हाउसको १४ औं दिक्षान्त भव्य समारोह सम्पन्न
समाचार, समाज

फेसियल हाउसको १४ औं दिक्षान्त भव्य समारोह सम्पन्न

नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहुन...
मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै
विचार, समाचार

मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै

-डा.डिआर उपाध्याय, आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्रब...
नेपाली संस्कृति बचाउन नियमित कार्यक्रम गर्दै महाअभियानमा जुटे अभियान्ता
मनोरन्जन, समाचार

नेपाली संस्कृति बचाउन नियमित कार्यक्रम गर्दै महाअभियानमा जुटे अभियान्ता

काठमाण्डौ, पुष १०  ग्यालेक्सी दैनिक नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत उल्लेख्य ब्यक्तिहरुको सहभागितामा "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”ले राजाधानीका विभिन्न स्थानमा अपिल बितरण तथा मौन प्रदर्शन गर्दै नियमित कार्यक्रम गरेको छ । गत हप्ता राजधानीका पुतलीसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको थियो भने सोही कार्यक्रमको निरन्तरता अन्तर्गत शनिबार उपत्यकाका विभिन्न स्थानहरु न्यूरोड, पाको, बसन्तपुर , खिचापोखरि, इन्द्रचोक क्षेत्रहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गरे । अपिल बितरण कार्यक्रम साप्ताहिक रूपमा राजधानी लगाएत देशका विभिन्न स्थानहरुमा महाअभियानको निर्धारित कार्यक्रम अनुसार जारी राख्ने अभियानका सचिवालय सदस्य ठण्ड बहादुर अधिकारी(सास)ले जानकारी गराए । ...
नायक पुष्प खडका र १२ वर्षे मोडेल अमिरा अभिनित भिडियो सार्वजनिक
मनोरन्जन, समाचार

नायक पुष्प खडका र १२ वर्षे मोडेल अमिरा अभिनित भिडियो सार्वजनिक

काठमाण्डौ, पुष १०  ग्यालेक्सी दैनिक नायक पुष्प खडका अभिनित 'कोइली' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सो गीतको म्युजिक भिडियो सहित सार्बजनिक भएको हो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रियले म्युजिक भिडियो निर्देशक समन अधिकारी, पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौशल राज खड्का, समाजसेबी राजन थापा लगायतको ब्यक्तिहरुको उपस्थित रहेको थियो । गायक ध्रुब बिस्को र गायिका बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गीतमा नायक पुष्प खड्कालाई अमिरा कार्की, बिष्णु सापकोटा लगायतका कलाकारहरुले अभिनयमा साथ दिएका छन । गीतमा शिव शर्माको शब्द लेखन तथा संगीतकार दिपक शर्मा...
गायक शिव परियारको स्वरमा सार्वजनिक भयो यस्तो गीत
मनोरन्जन, समाचार

गायक शिव परियारको स्वरमा सार्वजनिक भयो यस्तो गीत

काठमाण्डौ पुष १० ग्यालेक्सी दैनिक गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य भित्र जीवन’ गीतको पुरुष भर्सन दर्शक श्रोता माझ आएको छ । चर्चित नृत्यांगना सुनिता बस्नेत कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियोका निर्देशक रामजी लामिछाने हुन् । फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’मा शिव परियारको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् । प्रेममा छुटेपछिको एक युवा पिडाको कथालाई गीत मार्फत व्यक्त गर्न खोजिएको समसामयिक अति मर्मस्पर्शी गीत‘भाग्यभित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय रहेको छ । श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राजबहाक, पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । ...
लक्ष्मण पोखरेलको संगीतमा आँशु दिएर
मनोरन्जन, समाचार

लक्ष्मण पोखरेलको संगीतमा आँशु दिएर

काठमाण्डौ १०पुस ग्यालेक्सी दैनिक युवा संगीतकार लक्ष्मण पोखरेलको शब्द, संगीत रहेको ‘आँशु दिएर’बोलको गीत सार्वजनिक भएको हो । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् । देव पुनको छायांकन रहेको म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ । हाइनोट युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Ue4tD91uMyg...
‘काँडेतार’को शुटिङ सम्पन्न
मनोरन्जन, समाचार

‘काँडेतार’को शुटिङ सम्पन्न

काठमाण्डौ १०पुस  ग्यालेक्सी दैनिक सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सदभाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ । आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशननवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्नथरिका तत्वहरूबाट गरिएकाकर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’ करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम...