मुख्यमन्त्री सहित चार विना विभागीय मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार साँझ मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
गण्डकीमा मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। विना विभागीय मन्त्रीको रुपमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङे उर्फ राजीव गुरुङले शपथ लिएका हुन्।
गुरुङ नै कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वको सरकार बनाउन आवश्यक ३१ मतका लागि निर्णायक बनेका थिए। उनीहरुलाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री नेपालीले बिना विभागीय मन्त्रीको रुपमा चार जनालाई मन्त्री बनाएका हुन्।
संविधानको धारा १६८ को (५) अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख पौडेलको ...










